काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनको घोषणा गर्दै देशभर विद्यालय बन्द गर्ने घोषणा हुन्।

 मंगलबार पत्रकार सम्मलेन गर्दै उनीहरुले निजी विद्यालयलाई ५ वर्षभित्र गैरनाफामुलक निजी वा सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालन गर्ने विधेयकको व्यवस्था संशोधन हुनुपर्ने माग गरेका हुन् । विधेयक गत साता मन्त्रिपरिषद्बाट पारित भएर संसदमा दर्ता हुने प्रक्रियामा रहेको शिक्षा मन्त्रालयले जनाएको छ । निजी विद्यालय सञ्चालकहरुको छाता संस्थाहरुले मन्त्रिपरिषद्ले नै विधेयक फिर्ता लिनुपर्ने वा उक्त व्यवस्था हटाएर मात्रै संसदमा पेस गर्नुपर्ने माग अघि सारेका हुन् ।

उनीहरुले बुधबार पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समान्वय इकाइरप्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, बिहीबार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, आ-आफ्ना संगठनमा समिक्षा बैठक गर्ने र शनिबार देशैभरका अनिश्चितकालिन विद्यालय बन्द गर्ने, भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेका छन् ।

संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा ‘विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानहरुको अस्तित्व नामेट पर्ने उद्धेश्यबाट अभिप्रेरित भएको ठहर छ’ उल्लेख गरेका छन् ।

उनीहरुले बुँदागत रुपमा पाँच वटा विमत्तिहरु उल्लेख गरेका छन् । शैक्षिक गुठीमा रुपान्तरिक हुनका लागि प्रोत्साहन गर्नुपर्नेमा सो सम्बन्धनमा आवश्यक ऐन, प्रावधानहरुल नै तयार नगरी हठात रुपमा पाँच वर्ष भित्रमा दायित्व फरफारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने बाध्यात्मक प्रावधान संविधानको मर्म र भावना विपरीत अलोकतान्त्रिक अव्यवहारिक र अन्यायपूर्ण रहेको, समग्र छात्रवृति व्यवसथपनका सम्बन्धमा विद्यमान विभेदकारी नीतिलाई सम्बोधन गर्न आवश्यक प्रावधानको व्यवस्था नगरिएको लगायतका रहेका छन् ।

सरोकारवालाहरुले भने विद्यालय बन्दको कार्यक्रमप्रति आपत्ति जनाएका छन् ।

प्रतिकृया दिनुहोस्