
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार नतिजा केहीबेरपछि मात्रै वेबसाइटमा हेर्न सकिनेछ ।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।
नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् ।
त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना, जीपीए १.६ देखि २.० सम्म सातजना वर्गीकृत भएका छन् ।
यस वर्ष एसईईमा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए ।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।
यसरी हेर्न सकिन्छ नतिजा
परीक्षाको नतिजा एसएमएस र आईभीआरमार्फत तीन सेवाप्रदायकबाट प्राप्त गर्न सकिनेछ साथै १४ वटा वेबसाइटमार्फत विस्तृत नतिजा तथा मार्कसिट हेर्न सकिने व्यवस्था गरिएको छ ।
IVR (फोन कल) बाट
नेपाल टेलिकमको सेवा प्रयोग गरेर १६०० नम्बरमा फोन गरी निर्देशनअनुसार नतिजा सुन्न सकिन्छ ।
एसएमएस बाट नतिजा हेर्ने तरिका
तल दिइएका सर्टकोडमा एसएमएस पठाएर नतिजा प्राप्त गर्न सकिनेछ ।
नेपाल टेलिकम: १६०० (SMS सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा )
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा )
वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू
इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम : www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
इडियु सञ्जाल : www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
एम्बिसन गुरु प्रालि : see.ambition.guru
एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see
