२०७६ असोज ३ गते

फिंगर प्रिन्ट, ब्रेन र बालबालिका

जीतबहादुर शाह

मलाई आफ्नो कार्यकक्षमा बोलाएर लाइफकेयर सेन्टरका गोविन्द मल्लले मेरीछोरी प्रविधिको बारेमा बताइरहेका थिए– ‘तपाइकी छोरी प्रविधिको व्यक्तित्व इगल प्रकृतिको छ । उनी सधै उद्देश्यउन्मुखी हुन्छिन् । आफ्नो उद्देश्यको तुलनामा उनका लागि अरु केही पनि महत्वपूर्ण हुदैन । आफ्नो उद्देश्य हासिल गर्नका लागि जस्तोसुकै चुनौती पनि सामना गर्न तयार हुन्छिन् । उनलाई उनले सेट गरेको उद्देश्य भन्दा अर्को उद्देश्यमा सेट गर्न असजिलो हुनेछ । उनलाई कन्भिन्स गरेर सहयोग गर्न सकियो भने उनले कुनैपनि विषय र क्षेत्रमा सफलता हासिल गर्न उत्तिकै प्रवल सम्भावना छ । उनी अरुलाई भन्दा आफूलाई महत्व दिन्छिन् र अरुले भनेको कुरामा भन्दा आफूले सोचेर निर्णय गरेको कुरा विश्वास गर्छिन् । उनले सेट गरेको उद्देश्यमा नै उनलाई हौसला प्रदान गर्दै अघि बढ्न सहयोग गर्नुमा नै तपाइले एउटा असल अभिभावकको भूमिका निर्वाह गरेको ठहर हुने छ ।’ उनले भनेकै जस्तो स्वभाव मैले मेरीछोरी प्रविधिको बारेमा भोगिरहेको थिएँ । तथापि मलाई आश्चर्य लाग्यो , गोविन्दलाई मेरोछोरीको बारेमा यति छिटै यति सूक्ष्म किसिमबाट कसरी जानकारी भयो ? मेरो यस्तै जिज्ञासामा उनले मलाई धेरै कुराहरु बताउदै गए ।


मानिस जति धेरै भए पनि उनीहरुलाई व्यक्तित्व र व्यवहार का हिसाबले चार किसिममा विभाजन गर्न सकिन्छ– चिल ब्यक्तित्व (Dominant), मयुर व्यक्तित्व (Influence), हाँस व्यक्तित्व (Qmeady) र लाटोकोसेरो (Compliant) व्यक्तित्व । चिल ब्यक्तित्वको मानिस माथि वर्णन गरिएझै मेरी छोरी प्रविधि जस्तै स्वभावका हुन्छन् । मयुर व्यक्तित्वका मानिसहरु बढी भन्दा बढी कुरा गरेर अरुलाई प्रभावित गर्ने प्रयास गर्दछन् । यस्ता मानिसहरु अरुको निम्ति प्रिय र आकर्षणको केन्द्र बन्न चाहन्छन् । यस्ता मानिसहरु समय व्यवस् थापनमा भने कमजो र हुन्छन् । हाँस व्यक्तित्वका मानिसहरु लक्षित समूहमै त्री हुन्छन्, कडा परिश्रमी हुन्छन् र टिममा काम गर्न रुचि राख्छन् ।

यस्ता मानिसहरु द्वन्द्व मन पराउदैनन् र सम्बन्ध विस्तारमा सौखिन हुन्छन् । लाटोकोसेरो व्यक्तित्वका मानिसहरु भने तार्किक र गणितज्ञ किसिमका हुन्छन् । यिनीहरु आफूलाई आफैमा पूर्ण ठान्छन् । तथापि यिनीहरु जोखिम मोल्ने किसिमका हुदैनन् । विलियम एम मास्र्टन नामका मनोवैज्ञानिक एवं मानवशास्त्रीले आफूले गरेको लामो समयको अध्ययनपछि मानव ब्यक्तित्वका उल्लिखित चार किसिमका व्यक्तित्वहरुको ब्याख्या गर्न सफल भएका रहेछन् । उनले ब्याख्या गरेका चार स्वभावलाई संक्षेपमा DISC प्रोफाइल भनेर पनि नामाकरण गरिएको रहेछ ।


फिंगर प्रिन्टको अध्ययनको बारेमा चासो राख्दा बोध भयो कि फिंगर प्रिन्ट र ब्रेनको अन्योन्याश्रित सम्बन्ध हुदोरहेछ । यसरी ब्रेन र फिंगर प्रिन्टको बीचको सम्बन्ध खोज्दै फिंगर प्रिन्टको अध्ययन गर्ने शास्त्रलाई हस्ताग्रचिन्ह विज्ञान भनिदो रहेछ । धेरै वर्ष पहिले अमेरिकन डाक्टरहरुले एकजना बालक ब्रेनबिना जन्मेको कुरा पत्ता लगाएका थिए । ब्रेन नभएको उक्त बालकको फिंगर प्रिन्ट पनि थिएन । यसबाट फिंगर प्रिन्ट र ब्रेनको बीचको सम्बन्धको बारेमा अध्ययन गर्नका लागि थप सहयोग पुगेको थियो । अहिले त वैज्ञानिक एवं अनुसन्धानकर्ताहरुले ब्रेन र फिंगर प्रिन्टको अध्ययन गर्नका लागि सफ्टवेयरको समेत विकास गरिसकेका छन् । मेरीछोरी प्रविधिको फिंगर प्रिन्टको बारेमा उक्त सफ्टवेयरले तथ्यांक विश्लेषण गरी तयार गरेको प्रतिवेदनको आधारमा गोविन्द मल्लजीको टिमले मेरीछोरीको बारेमा उक्त कुरा बताएको थाहा पाएँ । अन्तराष्ट्रियस्तरका अन्य संस्थाहरुसँग समन्वय गरी यो काम नेपालमा युनिक ब्रेन नेपालले गर्दोरहेछ।


हस्ताग्रचिन्ह विज्ञानको अध्ययन र आविष्कार गनेर् प्रथम वैज्ञानिक डा. हारोल्ड कमिन्स हुन् । उनले सन् १९२६ मा यो शब्दको अर्थात हस्ताग्रचिन्ह विज्ञान (Dermatoglyphics) को प्रथम पटक प्रयोग गरेका थिए । त्यसैले उनलाई हस्ताग्रचिन्ह विज्ञानका पिता पनि भनिन्छ । तत्पश्चात सन् १९५० तिर अर्का क्याने डियन वैज्ञानिक एवं न्यूरसर्जन प्रोफेसर पेनफिल्डले ब्रेन र फिंगर प्रिन्टको बारे मा थप अध्ययन गरी यससम्बन्धी थप कुराहरु बाहिर ल्याएका थिए । ब्रेन र फिंगर प्रिन्टको अध्ययनको आधारमा ओलम्पिक खेलमा खेलाडी छानेका कारण तत्कालीन सोभियत संघले सन् १९७२ को ओलम्पिक खेलमा ५० र सन् १९७६ को ओ लम्पिक खेलमा एक सय २५ गोल्डमेडल हात पार्न सफल भएको समेत इतिहासले देखाउछ । यसका साथै मानिसको ब्रेनसम्बन्धी नै अध्ययन गर्ने क्रममा बाया मष्तिष्क र दाया मष्तिष्कले गर्ने कामको बारेमा सूक्ष्म विश्लेषण गर्न सफल भएका कारण डा. रोजर स्पेरीले सन् १९८१ मा नो बे ल पुर स् कार पाए । ब्रेनकै अध्ययन गर्ने क्रममा डा. हावार्ड गार्डनर ले पनि सन् १९८३ मा मल्टिपल इन्टे लिजे न्ससम्बन्धी सिद्धान्त प्रतिपादन गरे वापत नोवल पुरस्कार जित्न सफल भएका थिए । यी सबै अध्ययनहरुको आधार मा फिंगर प्रिन्ट र ब्रेनको सम्बन्धको खोजी गरी तदनुरुप नै सफ्टवेयरको विकास गरेको देखिन्छ ।

वैज्ञानिक तथा मनोवैज्ञानिकहरुले बालबालिकाको ब्रेन र फिंगर प्रिन्टको आधार मा उनीहरुको सोच्ने शैली र सिक्ने शै लीलाई समेत विश्लेषण गर्न सफल भएका छन् । कुन फिंगर प्रिन्टको ब्रेनको कुन भागसँग सम्बन्ध राख्छ भन्ने कुरामा समेत बैज्ञानिकहरुबाट खोज र अनुसन्धान भई सप्रमाण आधिकारिक निष्कर्षहरुसमेत बाहिर आएका छन् । यसरी नै कतिपय राम्रा विद्यालय र कलेजहरुले उनीहरुको फिंगर प्रिन्ट र ब्रेनको प्रतिवेदनको आधारमा बालबालिकालाई आफ्नो कलेज वा विद्यालयमा भर्ना लिने वा नलिने र भर्ना लिएमा कुन समूहमा राखे र सहजीकरण गर्ने भन्ने कुराको समेत निर्णय गरी सोहीअनुसार कार्यान्वयन गरिरहेका छन् ।

विकसित मुलुकहरुमा त उनीहरुको व्यक्तित्वको आधारमा बालबालिकाहरुलाई वर्गीकरण गरेर त्यसै अनुसार का शिक्षण सिकाइ क्रियाकलापहरु सञ्चालन गरी उनीहरुको जन्मजात क्षमतालाई विकास गर्ने अभियानमा लागिरहेको स्थिति छ । विद्यालयहरुले चिल व्यक्तित्व, मयुर व्यक्तित्व, हाँस व्यक्तित्व र लाटोकोसेरो व्यक्तित्व भएका बालबालिकाहरुको अलग–अलग समूह बनाएर तदनुरुप सहजीकर णको काम शुरु गरे का विद्यालयहरु समेत भेटिन थालेको स्थिति छ ।


हामीकहाँ बालबालिकाको विकासका निम्ति हाम्रा क्रियाकलापहरुले फड्को मार्न सकेको स्थिति देखिदैन । बालबालिकाका सामान्य भावना र चाहनाहरुलाई समेत बुझ्ने प्रयास नगरेर जति सकिन्छ पेलेर लिने स्थिति देखिन्छ । अभिभावक र शिक्षकहरुले बालबालिकाका भावना र चाहना बुझेर तदनुरुपको व्यवहार गर्ने होइन कि आफ्ना भावना र चाहनालाई मध्यनजर राखी क्रियाकलाप र व्यवहारहरु सञ्चालन गर्ने स्थिति जगजाहेर छ । खाना पकाउने प्रेसर कुकरमा समेत प्रेसर बढी भएपछि वाफ वा बायु बाहिर जाने व्यवस्था गरिएको हुन्छ भने बालबालिकालाई प्रेसर धेरै भएपछि विकल्पका लागि अर्को कुनै विधि र तरीका पनि अपनाउने गरिदैन ।

जति पेल्न सकिन्छ त्यति पेल्ने हाम्रो आनीबानीले बालबालिकाहरु विभिन्न विकृतिका शिकार भएका छन् । बढी प्रेसर भएर बाहिर निस्कने ठाउ नपाएपछि प्रेसर कुकर पनि पड्किए झै हाम्रा बालबालिकाहरुको अवस्था पनि त्यस्तै भइरहेको छ । एक अध्ययन प्रतिवेदनलाई आधार मानी भन्ने हो भने भारतमा मात्रै वर्षेनी १४ हजार विद्यार्थीहरुले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संघको प्रतिवेदन अनुसार विश्वका ८० प्रतिसत विद्यार्थीहरुले तनावपूर्ण जीवन बाँचिरहेका छन् । विद्यार्थीहरु आपराधिक र लागूऔषधजन्य क्रियाकलापहरुको शिकार हुनुमा पनि हाम्रा व्यवहारहरु नै जिम्मेवार देखिन्छन् ।

जसरी दुईजना व्यक्तिको फिंगर प्रिन्ट उस्तै हुदैन त्यसरी नै विद्यार्थीहरु पनि रुचि, क्षमता र जन्मजात प्रतिभाको हिसाबले उस्तै हुदैनन् । उनीहरुसँग फरक–फरक सिकाइ शैली हुन्छ । फरक–फरक व्यक्तित्व हुन्छ र सम्भावना पनि फरक–फरक हुन्छ । हामी भने उनीहरुप्रति एउटै किसिमको व्यवहार गर्दछौ , एउटै किसिमको शिक्षण शैली अपनाउछौ र विषयवस्तु पनि एउटै पस्किन्छौ । हाम्रो यो तरीका फरक–फरक हाइटका मानिसहरुलाई एउटै साइजको कपडा सिलाएर लगाउनदिए जस्तो भइरहेको छ । हाम्रो यो व्यवहार जंगलका बाघ, भालु, हात्ती, माछा र बाँदर को बीचमा रुख चढ्ने प्रतियोगिता सञ्चालन गरे र बाँदरलाई सक्षम र अरुलाई असक्षम घोषणा गर्ने जस्तो भइरहेको छ । हाम्रो यो अभीष्ट बगैचामा थरि –थरि फूलका बिरुवाहरु रोपेर एउटै किसिमको फूल फुलोस् भनेर देखेको सपना जस्तो भइरहेको छ । हामी यतिसम्म महत्वाकांक्षी छौ कि हामी आफू कुनै एउटा क्षेत्रका जानकार छौं । तर उनीहरुलाई सबै क्षेत्रको जानकार होउन् भन्ने चाहन्छौं । हामी एउटा विषयमा विज्ञता राख्छौं तथापि उनीहरुलाई भने सबै विषयको विज्ञ होउन् भन्ने ठान्छौं । हाम्रो यही प्रवृत्ति नै हाम्रा विद्यार्थी र बालबालिकाका लागि प्रत्युत्पादक भइरहेको छ ।


हामीले हाम्रा बालबालिकाहरुलाई बाह्य हिसाबले त चिन्छौं नै । कतिपय शिक्षकहरुले आफ्नो विद्यार्थीहरुलाई नामले नचिने पनि आफ्नो विद्यालयको युनिफर्म लगाएको कार णले आफ्नो विद्यालयको भनेर पनि चिन्नु हुन्छ । मलाई त लाग्छ, हाम्रो यो परि चयको शैलीले हामी गतिला अभिभावक हुन सक्दैनौं । नत गतिला शिक्षक नै हुन सक्छौं । यसका लागि बालबालिका र विद्यार्थीहरुलाई भित्री हिसाबले चिन्नु आवश्यक छ । उसको कुन प्रकार को व्यक्तित्व हो , कुन प्रकार को सोच्ने शैली हो , कुन प्रकारको सिक्ने शैली हो र कस्तो प्रकार को इन्टलीजेन्सी हो भन्ने बारेमा परिचित हुनु आवश्यक छ । उसलाई नजिकबाट अध्ययन गर्दा उसका यी सबै क्रियाकलाप र क्षमताको बारे मा धेरै हदसम्म भेउपाउन सकिन्छ ।

आवश्यक परेमा थप जानकारीका लागि मैले माथि भने झै ब्रेन र फिंगर प्रिन्टको बीचको अध्ययन गर्ने सफ्टवेयरलाई समेत प्रयोग गर्न सकिन्छ । यसो गर्न सकियो भने विद्यार्थी र बालबालिकाको विकास पनि अधिकतम हुन्छ र शिक्षक र अभिभावकसँगको बालबालिकाको सम्बन्ध पनि सुमधुर हुन्छ । सबैलाई चेतना भया ।

Comments: