जयदेवी शाही
प्रधानाध्यापक
बालविकास आधारभूत विद्यालय, हुम्ला

  सवै जना महिला शिक्षक हुनुहुन्छ  विद्यालयको अवस्था कस्तो छ ?
विद्यालयको अवस्था पहिले भन्दा धेरै सुुधारात्मक अवस्थामा छ । विद्यालयले शैक्षिक र भौतिक सुधार गर्दै आएको छ । सिकाइ गुणस्तरमा  प्रगति पनि गर्दै आएको छ । अझ मलाई भन्दा पनि यस सम्बन्धमा वास्तविकता बुुझ्न अविभावकसँग बुुझ्दा गतिलो जवाफ आउला ।

विद्यालयको शैक्षिक अवस्था कस्तो छ ?
विद्यालयको शैक्षिक अवस्थाको कुुरा गर्नुुपर्दा एक सय प्रतिशतले सुुधारात्मक अवस्था त कसैको पनि हुुँदैन । त्यसमा पनि हामी के मा सन्तुष्ट देखिन्छौँ भने यहाँबाट कक्षा पाँच उत्तीर्ण भएर गएका विद्यार्थीहरुले अन्य विद्यालयमा राम्रो गर्दै आएका छन् । समग्रमा विद्यालयको सिकाइ उपलब्धी पनि उत्कृष्ट नै छ ।

तपाईं प्रअ भएपछि विद्यालयमा कस्ता सुधारका प्रयासहरु भए ?
२०६७ सालमा म प्रधानाध्यापक भएर यस विद्यालयमा आएकी हुुँ । म आउन साथ सिकाइ सुधार र अतिरिक्त क्रियाकलापलाई जोड दिन थाले । यो भन्दा पहिला यस विद्यालयबाट श्रोत केन्द्र स्तरीय हाजिरी जवाफ प्रतियोगिता र  अन्य कार्यक्रममा समावेश नभएको अवस्था थियो । त्यस्ता कार्यक्रममा विद्यालयको सहभागिता गर्ने जमर्को गरियो । प्रावि स्तरीय हाजिरी जवाफमा प्रथम स्थान प्राप्त गरियो र अन्य कार्यक्रममा पनि  स्तरीय प्रर्दशन गरिएको परिणाम छ । सिकाइ उपलब्धि समेत राम्रो हुँदै आएको अवस्था छ ।

महिलालाई प्रअ हुँदाका समस्याहरु के–के छन् ?
महिला प्रअ हुँदा समस्या छ पनि छैन पनि । केही ठाउँमा समस्या हुँदो रहेछ । केही ठाउँमा सहजता नै हुँदो रहेछ । पितृृसत्तात्मक सोचले समाजमा जरो गाडेको छ । त्यसैको जवाफ दिनलाई नै हामी सवै महिला भएरै केही देखाउने आँट र हिम्मतका साग साहास गरेर अहिलेसम्म अगाडी बढि रहेका छौँ । आगामी दिनमा पनि बढ्ने छाँै । तर, विद्यालयमा पुरुष भन्दा महिला प्रअ हुँदा नै राम्रो हुन्छ । व्यवस्थापनको सीप महिलालाई बढी हुन्छ ।

विद्यालयमा सबैजना महिला शिक्षक हुनुहुन्छ । यसका फाइदा र बेफाइदा कस्ता छन् ?
समस्या भन्ने कुुुरा महिला र पुुरुष जो भए पनि हुुन्छ । आफ्नो जिम्मेवारीमा भर पर्ने कुुरा हो । तर पनि कार्यालयको कामकाजको कुुरा गर्नु पर्दा बिग्रेको काम आएमा महिला त भइ हालि भन्ने मानसिकता छ ।  त्यस्तै कुुनै काम विशेषले कुुनै कार्यालयमा जानुु पर्दा नकरात्मक सोचले हेर्ने मानसिकताले केही असजिलो पनि लाग्छ ।  नत्र बालबालिकाको इच्छा र चाहना बुझेर महिलाले जस्तो पुरुष शिक्षकले पढाउन सक्दैनन् ।

विद्यालयमा  अंग्रेजी माध्यम लागु गर्नुभएको छ ? यो चाहना हो या बाध्यता ?
शुरुमा चाहना भएपनि अंग्रेजी माध्यम अहिले बाध्यता नै बनेको छ । अभिभावकहरु अंग्रेजी माध्यमलाई मात्रै विश्वास गर्न थालेका छन् । त्यसैले हामीले पनि शुरुजात गरेका हौं । शिक्षक भन्दैमा सबै कुुरामा पोक्त हुुँदैनन् । एक त हामी हुुम्लाका शिक्षकहरुको अंग्रेजी कमजोर नै छ । त्यो भन्दैमा प्रयास नै नगर्ने हो भने उन्नति कहिले होला ? त्यसमा पनि हामी अंग्रेजी माध्यमबाट पठन–पाठन नगरेको भएता पनि शिक्षकमा खोज तथा अनुुसन्धानात्मक प्रणालीका विकास भएको छ । पहिलो वर्ष जसरी असजिलो भएको थियो त्यो अवस्था अहिले छैन । हामी आफैले आफुलाई तयार गर्दै अघि बढीरहेको अवस्था हो ।

हुुम्लामा अंग्रेजी कमजोर भएको अवस्थामा यसबाट केही सहयोग पुुग्छ जस्तो लाग्छ ?
सहयोग त हुुन्छ किन भने हाम्रो पालमा कक्षा चारबाट ए, बि, सी, डि बल्ल बल्ल पढेका थियौँ । तर पनि अहिले आएर पुुरा कक्षा नै अंग्रेजी माध्यामबाट पठन–पाठन गर्न गराउन अग्रसर भएका छौं ।  यसले विद्यार्थीको मात्र होइन, शिक्षकको पनि अंग्रेजी सुुधारमा सहयोग पुुगेको छ । यो प्रयासले  अंग्रेजीका निक्कै सुुुधार आएको छ । अभिभावकहरु पनि खुसी देखिनुहुन्छ ।

सामुदायिक विद्यालयको नतिजा खस्कनुमा शिक्षक कि शिक्षण सिकाइमा समस्या देख्नुहुन्छ ।
हामीकहाँ गुुणस्तरीय पाठ्यक्रमको अभाव छ । अझैपनि त्यहाँ स्थानीयस्तर सुुहाउने खालका विषयवस्तुु समावेश गर्न सकिएको छैन । धेरै विद्यालयहरुले अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरेपनि अंग्रेजी माध्यमबाट तालिमको व्यवस्था हुन सकेको छैन । अभिभावकको कम लगानीको कारणले गर्दा विद्यालय वा विद्यालयले दिने शिक्षालाई अपनत्वको भावनाको कमी छ । यि र यस्तै समस्याहरु शिक्षकहरुले भौग्दै आएका छन् । त्यस्तै, अंग्रेजी माध्यमका पाठ्यपुुस्तक जिल्लामा उपलव्ध नहुुँदा पठन–पाठनमा कठीनाइ भोग्नुु परेको छ । त्यस्तै उक्त माध्यामबाट शिक्षक गाईड पनि नपाइने भएको कारण समस्या भोग्नुु परेको छ । पाठ्य पुुस्तकहरु नेपाली माध्यम भन्दा मंहगो भएकोले पनि पुुस्तक खरिदमा समस्या छ । उता, शिक्षकहरु प्नि अल्छि छौं । किताबको दायरा भन्दा बाहिर जान सकेका छैनौं । खोजेर, सिकेर पढाउने बानीको अभाव छ । त्यसैले बालमैत्री र बालकेन्द्रित शिक्षण सिकाइ हुन सकेको छैन । समस्या जताततै छ । समस्या छ भन्दैमा चुप लागेर बस्तु भने हुँदैन ।

समस्या समधानका उपायहरु के देख्नुु भएको छ ?
मलाई लाग्छ शिक्षाका समस्या समाधान गर्न गुणस्तरीय पाठ्यक्रम निर्माण गर्ने, स्थानीय स्तर सुुहाउने पाठ्य पुुस्तकमा पाठ्यक्रम तथा विषयवस्तुु समावेश गर्नुु पर्छ । त्यस्तै अंग्रेजी माध्यामबाट शिक्षकलाई तालिमको व्यवस्था हुुनपर्छ । बेला–बेलामा अविभावकलाई अभिमुुखीकरण गर्ने, टुुक्रे विद्यालयलाई समायोजन गरि शिक्षक विद्यार्थीलाई आवासीय व्यवस्था मिलाउनुु पर्छ । अंग्रेजी माध्यमका पाठ्यपुुस्तक जिल्ला मा नै उपलव्ध हुुने व्यवस्था मिलाउनुु सके केही हदसम्म समस्या समधान हुुन्छन् । मुख्य कुरा प्रअको सुधारको चाहना हुनुपर्यो । अब बाहनाले चल्दैन । प्रअहरुले चाहे सामुदायिक विद्यालय सुधार्न सक्छन् ।

प्रस्तुतिः राजन रावत

२०७५ असोज १८ गते १०:०६मा प्रकाशित

प्रतिकृया दिनुहोस्