कपिलवस्तु । विद्यालयको पहुँच बढाउन कपिलवस्तुमा लुम्बिनी एकीकृत बिकास संस्थाले तौलिहवामा २६ किशोर किशोरीलाई साईकल बाँडेको छ। कतार च्यारिटी नेपालको सहयोगमा जिल्लाका बिभिन्न विद्यालयमा अध्ययनरत उनीहरुलाई साईलक उपलब्ध गराइएको हो।

विद्यालय टाढा भएका विद्यार्थीहरुलाई आउजाउ गर्न सहजताका लागि साईलक दिइएको हो। सो अवसरमा सांसद अतहर कलामले विद्यालय टाढा हुँदा विद्यालय जान अप्ठेरो परेको विद्यार्थीलाई संस्थाले साईलक उपलब्ध गराएर राम्रो काम गरेको बताए। ‘विद्यालय टाढा हुँदा खासगरी किशोरीहरुलाई विद्यालय जान गाह्रो हुन्छ, यस्तोमा साईकलले अब विद्यालयको पहुँच बढाउँछ’ उनले भने। कपिलवस्तु नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले बिपन्न छात्रछात्रालार्ई साईलक दिएर लिडो संस्थाले धेरै राम्रो काम गरेको बताए। दूर दराजमा रहेका विद्यार्थीलाई यसले आउजाउ गर्न मद्दत मिल्ने उनले बताए।

कतार च्यारिटीका अतिम फैसलले कतार च्यारिटीले विद्यालयको अवस्थामा सुधार ल्याउन आफ्नो बिभिन्न कार्यक्रम मार्फत सहयोग गरेको बताए। उनले यस्ता सहयोग निरन्तर जारी रहने बताए। साईकल पाएपछि किशोर किशोरीहरु निकै खुसी भएका थिए। कार्यक्रम हलिफ मुसलमानको अध्यक्षता र सुनिता बेल्बासेको संचालनमा भएको थियो।

किरणमान बज्राचार्यले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्