काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले भर्चुअल माध्यमबाट गरिने शिक्षण र कोभिड–१९ पछिको शिक्षण रणनीतिका विषयमा आइतबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

अमेरिकास्थित मोर्गन स्टेट विश्वविद्यालयको सहकार्यमा ४ दिने भर्चुअल सम्मेलन आयोजना गरिएको हो ।

खुला विश्वविद्यालयका प्राध्यापक खेमराज जोशीका अनुसार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमैत्री शिक्षण र कोभिड महामारीपछि अवलम्बन नगरिएको शिक्षण रणनीति तथा शिक्षण अनुभवबारे स्वदेशी विदेशी विज्ञबीच छलफल, प्रस्तुति र अनुभव आदानप्रदान हुनेछ । खुला विश्वविद्यालयले प्रेस नोट जारी गरेर मंसिर २४ गते सकिने सम्मेलनको आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्ने जनाएको छ ।

जोशीले सम्मेलनलाई ‘२०२० स्टार सम्मेलन’ नाम दिएको जनाए । नेपालका सबै विश्वविद्यालयका उपकुलपति, प्राध्यापक प्रतिनिधि, अमेरिका, भारत, बेलायत लगायत विभिन्न देशका प्राध्यापकहरु सहभागी हुने जनाइएको छ । स्टार सम्मेलनमा ८१ वटा समानान्तर प्रस्तुति, ७ वटा प्यानल डिस्कसन र ३ वटा किनोट प्रस्तुति हुनेछ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्