लकडाउन र हाम्रो गणित शिक्षण

Avatar photo

Byएजुकेशन पाटी

१ असार २०७७, सोमबार
घनश्याम रेग्मी

कोरोना भाइरस प्रकोप (कोभिड–१९) ले क्षेत्रीय र विश्व प्रणालीमा गम्भीर असर पारिराखेको छ । भाइरसको महामारी कहिले रोकिने हो, ठेगान छैन । धेरै देशसँग त यसलाई जाँच्ने उपकरणसमेत अभाव छ । अहिले यस रोगको खोप पत्ता लगाउन वैज्ञानिक लागिपरेका छन् । छोटो समयमै विश्वव्यापी रूपम नकारत्मक प्रभाब पारेको छ। यसले नेपाल पनि प्रभावित नपर्ने कुरै भएन ।

नेपालमा यसको कारणले जारी गरेको लकडाउनले प्रभाव नपारेको कुनै क्षेत्र नै छैन त्यसमा पनि शिक्षा त सबै भन्दा बढी प्रभावित भएको छ । हाल विद्यालयहरू सबै बन्द छन, कहिले खुल्छन त्यो पनि कुनै ठेगान छैन, यस्तै कोरोनाको महामारीको बिचमा हाम्रा शिक्षणसस्थाहरुले विगत तिन महिना भन्दा बढी घरमानै स्थिर भएर बसेका विद्यार्थीहरुलाई चलायमान बनाउनु परेको छ । यस विषम परिस्थितिमा हाम्रो परम्परागत रुपबाट सञ्चालन हुँदै आएका विद्यालयहरु नयाँ परिस्थितिबाट सञ्चालन गर्नु परेको छ, जुन सजिलो छैन ।

त्यसमा पनि अन्य बिषयभन्दा गणित बिषय त्यति सहज छैन भन्ने भनाइहरु आइरहेका छन् । लकडाउनको कारणले केही विद्यार्थी सिपालु हुने तर अधिकांश विद्यार्थीको सिकाइ कमजोर हुने कुरा विज्ञहरुको धारणा छ । अरु विषय भन्दा गणितकोस्तर झन् कमजोर हुने कुरा विज्ञकोतर्फबाट मनोनित शिक्षा समितिका सदस्य राधाकृष्ण लामिछाने भन्नुहुन्छ । यसबाटपनि स्पस्ट हुन्छ कि भोलिको दिनमा गणितीय जनशक्ति जनशक्ति को अभाव अवश्य हुने छ । त्यसैले आज गणित शिक्षा शिक्षाको महत्व रहेको छ। यस विषम परिस्थितिमा गणितलाई जोगाउनु गणित शिक्षकको प्रमुख दायित्व रहने हुन्छ त्यसैले गणितको विद्यार्थीको नाताले लाकडाउनमा हाम्रो पाठ्यक्रमको सीमा भित्र रहेर गर्न सकिने क्रियाकलापहरु उल्लेख गर्ने प्रयास गरेको छु ।

गणित भनेको मानवीय जीवन हो । गणित विना मानवीय जीवन सम्भव नै छैन । हाम्रो दैनिक क्रियाकलापमा हामीले धेरै गणितको प्रयोग गरेका हुन्छौं त्यसलाई बुझन जरुरी छ भनी विद्यार्थीको दिमागलाई गणितीय धारणाले हेर्ने, सोच्ने, बुझ्ने बानीको विकास गराउनु पर्दछ।

येसै बिचमा हाम्रो गणितलाई सरल र सहज बनाउन हामीले हाम्रो पाठ्यक्रम अनुसार गर्न सकिने प्रसस्त कार्य हरु छन् जसलाई हामी निम्न अनुसार गर्न सक्दछौँ ।

हाम्रो पाठ्यक्रमले शिक्षाका राष्ट्रिय उद्देश्य अन्तर्गत कक्षा ९–१० को अन्त्यमा विद्यार्थीमा दैनिक व्यवहारमा आइपर्ने गणितीय समस्या पत्ता लगाई समाधान गर्ने क्षमताको विकास गर्ने उल्लेख गरेको छ । यसको निम्ति दैनिक व्यवहारिक समस्या के कस्ता हुन्छन् ? तिनलाई गणितीय भाषामा कसरी रुपान्तरण गर्नेकुरालाई परियोजना कार्य दिन सकिन्छ । यसको निम्ति रेडियो, टेलिभिजनमार्फत् कक्षा लिन सकिन्छ । जुन विद्यार्थीको दैनिक जीवनसँग मेल खाने र व्यवहारिक हुन सक्छ ।

हाम्रो पाठयक्रमले गणितलाई अनिवार्य विषयको रुपमा समावेश गरेको छ । यसको निम्ति निम्न लिखित आठ ओटा क्षेत्रका विषयहरु समावेश गरिएका छन्ः १ ससमुह २. सुअंक गणित ३. क्षेत्रमिति ४. विजगणित ५. ज्यामिति ६. त्रिकोण मिति ७. तथ्यांक शास्त्र ८. सम्भाव्यता, उल्लेखित विषयको निम्ति कक्षा ९–१० को लागि १२८ घन्टा तोकिएको छ । यसको अध्यनपछि विद्यार्थीहरूमा निम्न लिखित सक्षमताहरू विकास हुने कुरा उल्लेख गरिएको छ।

१. आधारभुत गणितीय धारणा, संरचना र प्रकियाहरू हासिल गर्न ।

२. दैनिक जीवनका समस्याको समाधानमा गणितका आधारभूत ज्ञान र सिपको प्रयोग गर्न ।

३. गणितीय आवधारणा, सिद्धान्त तथा समस्या समाधान सिपको तार्किक प्रयोग विधिबाट गणित तथा अन्य विधिहरुमा गणितको प्रयोग गर्न ।

४. गणितीय विधिको प्रयोगबाट भौतिक एवम् सामाजिक क्रियाकलापको व्याख्या गर्ने क्षमताको विकास गर्न ।

५. गणितको क्रमबद्धता एवम् तार्किक महत्वलाई आत्मसात गरी गणितको निरन्तर अध्यानका लागि उत्प्रेरित हुने तत्परारताको विकास गर्न ।

६. गणितीय सञ्चारको निम्ति बहुसाक्षरता सिप र दक्षता आर्जन गर्न ।

माथि उल्लेखित उद्देश्यहरू पुरा गराउनकालागि सिकाइ सहजीकरण प्रक्रिया महत्वपुर्ण हुन्छ । यसको निम्ति परम्परागत रुपबाट परीक्षामुखी शिक्षणको विकल्प खोज्न आवश्यक हुन्छ । जसका लागि गणितको अर्थपुर्ण सिकाइका लागि शिक्षकले विद्यार्थीका लागि लागि सहजिकरण गर्नु पर्दछ ।

अभिभावक र उनीहरूका साथीहरूका घरका व्यवहारिक समस्याहरूलाई गणितिय रुपमा कसरी प्रस्तुत गर्ने र गणितीय समस्या कृयाकलापमा प्रयोग र अभ्यास गर्ने कुरामा जोड दिनु पर्दछ । शिक्षणका क्रममा उनीहरुले गरेका त्रुटिहरुलाई विश्लेषण गर्ने र सुधार गर्ने कुरामा शिक्षक बढी सक्रिय हुनु पर्दछ । जसको लागि परियोजना कार्य बढी सान्दर्भिक हुन्छ । जुन परियोजना पुरा गर्न विद्यार्थी विद्यालय आउन भन्दा विद्यालय बाहिर जानु पर्ने हुन्छ । यसले विद्यार्थीहरू आगमन तथा निगमन विधि, समस्या समाधन विधि, खोज विधि, प्रयोगात्मक विधि, प्रदर्शन विधि, प्रश्नोतर विधि, छलफल विधिहरु अपनाउन सकिन्छ ।

यसरी विद्यालय वीहिन शिक्षा पद्दतिमा विद्यार्थीको मूल्यांकनका लागि उनीहरूले तयार गरेको सामग्री प्रस्तुत गर्न लागाउने । उनीहरुले तयार पारेको सामाग्री प्रदशन गर्न लागाउने । वर्तमान लिखित परीक्षाको अन्त्य गरी प्रयोगात्मक गणितको अवधारणा ल्याउनु पर्दछ । सिकाइ सिपमा अधारित श्रमको सम्मान गर्ने र गर्न श्रम शक्ति नै राष्ट्रको शक्ति हो भन्ने कुरा लकडाउनले प्रमाणित गरेको छ । त्यसैले हाम्रो शैक्षिक उत्पादन अन्तर्राष्ट्रिय मागमा अधारित भन्दा राष्ट्रिय मागमा आधारित बनाउन लकडाउनले सहयोग गर्दछ । लकडाउन अभिसाप होइन गणित शिक्षाका निम्ति बरदान हुन सक्छ ।

(रेग्मी राष्ट्रिय मावि पोखराका शिक्षक हुन् )

प्रतिकृया दिनुहोस्