काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम विनियोजन गरिएको बताएका हुन् । यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।

बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ । यस्तै, सरकारले विज्ञान प्रविधि तथा नव प्रवर्तन परिषद् समेत गठन गर्ने भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी वर्ष सञ्चालन गरिने उनले बताए ।

सरकारले नेपाल विज्ञान तथा प्रविध प्रज्ञा प्रतिष्ठान (नाष्ट)लाई पुर्नसंरचना समेत गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्