शिक्षाको अग्रगामी छलाङ र त्यसको उपलब्धि

Avatar photo

Byएजुकेशन पाटी

११ पुष २०७७, शनिबार
नारायण सुवेदी

राज्यले आज ठूला–ठूला परिवर्तनका हुन्डरी खाँदै राजतन्त्र, लोकतन्त्र, गणतन्त्र, का महान भूमरीमा जनतालाई पिल्साईरहेको छ । एउटा पुस्ता जसले यसलाई एउटा ठूलै परिवर्तनकारी नौटंकी मानीरहेको छ भने अहिलेको केही कुरा बुझ्न प्रयास गर्ने जमात जसले यो परिवर्तनलाई भित्री आत्मादेखि स्विकारेको छैन । जसमा कैयन कारणहरु विद्यमान छन् । कतिलाई व्यक्त गर्न सकिन्छ त कतिलाई व्यक्त गर्न पनि सकिने अवस्था पनि छैन यहाँ । विश्व जगतले आज आफुँलाई भिन्नै परिवेशमा पदार्पण गर्न लागिरहँदा हामी नेपालीहरु आ आफ्नै झुम्रा, टाला बटुली खेलीरहँदा पनि त्यो वरिवर्तनको छलाङ मान्दै उफ्रीरहेका छौं ।

२००७ सालदेखि कै विरासतलाई औंल्याउँदा कैयौं खालका परिवर्तन तथा आन्दोलन र विकास विनास यस्तै यस्तै हौवादारी हावाले सवैलाई लतार्दै लतार्दै यहाँ सम्म ल्याएको छ । हामी भन्दा कैयौं गुणा तल्लो मापदण्डको जीवनयापन गरिरहेको विश्वका धेरै देशहरुले आँफुलाई समृद्ध र सम्भ्रान्त वर्गिय ओहदामा लगीसके जसलाई हामी नियालीरहेको नै छौं तर हामीले आँफु र आफ्नो देशलाई यहाँको व्यवस्थापन पक्षलाई कसरी सुधार गर्ने, कसरी विकासलाई टिकाइ राख्ने भन्ने पत्तो खबर नपाएर कुहिरोको काग जस्तै आकासमा भौतारिएका छौं ।

हिजो हामी भन्दा पछाडि भएका कैयौं देशहरुले हामीलाई तत् ठाउँमा नै छाडेर अगाडि लागीसके । हामी भने जहाँको त्यहीँ केही नगरी गफ कुटेर र लुछाचुँडी गरेर यो र त्यो फलानो र ढिस्कानो यो हुन्छ त्यो हुन्न म ठिक छु उ बेठिक छ उसले गर्दैन मैले किन गर्ने उसले यसो गर्यो त्यहाँ यो भएन भन्ने लगायतका कैयौं कथा कुथुरीहरु जोडेर पुख्र्यौली हाँसो मजाक गरेर मूल्यवान समयलाई निस्फिक्री व्यतित गरिरहेका र्छौ जहाँ हामीहरुलाई कुनै लाज सरम लागोस त लाग्दै लाग्दैन ।

अव प्रवेशा गरौं मूल विषयवस्तुतर्फै । हामीहरुले अहिले देशमा गणतन्त्र भनाउँदो पुरस्कार प्राप्त गरिरहेको छौं । जहाँ भन्ने गरिएको थियो कि नेपाली जनताको आसाको भरोसाको व्यवस्था, नेपाली जनताले मन पराएको व्यवस्था, नेपाली जनताले चाहेको व्यवस्था, नेपाली जनताले विगत २००७ साल देखीको चरम शासनव्यवस्था लाई विस्थापन गरि ल्याउन चाहेको आफ्नो शासन व्यवस्था यस्तै यस्तै अनेक खालका ललीपपहरु थिए हिजो । तर आज कुन नेपाली पन भएको नागरिकले भन्ने गरेको छ की यो व्यवस्था जनताको लागी रहेछ यसले हामीहरुका दुख पीरमर्काहरुलाई सहयोग गर्यो ।

त्यसकारण हामीलाई यो शासन व्यवस्था निकै मन पर्यो । विगत देखीको नेपालको शिक्षा प्रणाली आजको शिक्षा प्रणाली र भोलीको यसको मार्ग दर्शन हेर्दा लाग्छ यसलाई पुर्ण रुपमा विस्थापन गरि नयाँ सुरुवात गर्नुपर्दछ न की यसलाई क्यान्सरका कारण थला परेको विरामीको रुपमा कोमामा राख्नुपर्दछ ओखती गरेर । यती भनीरहँदा सम्म पनि आम सचेत शिक्षित वर्गले नस्विकार्ने मत नै छैन जस्तो लाग्छ । एउटा शिक्षण पेशा अँगालीरहेको व्यक्तिले के कती आफ्ना जिम्मेवारी पुरा गरेको छ के कति आफ्ना कर्तव्यमा अडिग रहेको छ र उसलाई राज्यले प्रदान गर्ने सेवा र सुविधामा उ कति खुसी हुन सकेको छ । हेरौं हिजो देखी आजसम्म राज्यमा भयानक परिवर्तनहरु भए कति पय त आँकलन नै नगरिएका र गर्न पनि नसकिएका नाम मात्रैका परिवर्तनहरु भए जसलाई निहित वर्गले अग्रगामी छलाङ नामको एउटा तक्मा दिन मन पराउँछ । राज्यले वर्तमान अवस्थामा के गरिरहेको छ ?

आम जनताको अवस्था के कस्तो रहेको छ ? नेपाल राज्यको पुर्व मेची देखी पश्चिम महाकाली सम्मका अनेकन कुना ,कुना, कन्दरा, पखा पखेरा, गाउँ वेशी, लेक वेशी, शहर र वजारमा रहने आम जनताको वारेमा कसले साच्ने के सोच्ने ? खै अहिले सम्म यस्ता प्रश्नहरु अनुत्तरित नै छन । हाम्रो राज्य व्यवस्था अहिले ३ तीन तहमा विभक्त रहेको छ । जसका कारण सवै नेतृत्व तहमा काम गर्नेहरुलाई, विधि विधान गराउनेहरुलाई र यावत पक्षका सरोकारवालाहरुलाई यति सजिलो भएको छ पन्छिन र जिम्मेवारीवाट विमुखहुनको लागी । संघिय सरकार ठुलो वडो सरकार तलका लाई हेर्नै नपर्ने, प्रदेश सरकार सेवासुविधा वढाएर डकार्नमै फुर्सद छैन, स्थानीय तहका तल्लो पंक्तिका छोटे राजाहरुका त कुरै छाडौं । सवै कुरा भन्ने लेख्ने हो भने यो देशमा देश निकालाको कानुन यदि भएका भए उनीहरुका विरुद्ध उजुर वाजुर गर्ने लाई लाग्छ देशमा टिक्न र विक्न मुस्किल नै पर्ने थियो ।

हामीहरुले देखीरहेका छौं परिवर्तन नभएको त कहाँ हो र थुप्रै थुप्रै किसिमका हुन्डरीवाल परिवर्तनहरु त भएका नै छन नी । हामीहरुले कति देख्यौं, कति देखायौं, कति सुन्यौ, कति सुनायौं, र वाँकी सवै भोगीरहेको नै छौं । हिजो देशमा आमुल परिवर्तन गर्नुपर्दछ अव यस्तै शासन व्यवस्थाले आम नेपालीहरुलाई जीवनयापन गर्न मुस्किल पर्दछ । विश्वमा आमुल परिवर्तनहरु भए । कैयौं देशमा नयाँ नयाँ शासन व्यवस्थाहरु स्थापना भए हामीहरु भने जहाँको त्यहीँ नै किलो गाडेर बसिरहेको छौं भन्ने भ्रमित आख्यानहरुका साथ देशमा नयाँ नयाँ पद्धतीहरु जनताले भोग्दै आए । भोगाउँदै आइए । र आज पनि सोही परिवर्तनकारी कायापलट वाट हामी अछुतो छैनौ । हुनुपर्ने त जनताको लागी हो देशको लागी हो परिवर्तन र पो आम देशवासीको अवस्थामा परिवर्तन आउँछ । तर यहाँ त भयो अन्यथा भन्दा कसैको मन दुख्छ जस्तो लाग्दैन । हिजो चिसो पानी खायर गुजार गर्नेहरुका दिनचर्या भिन्नै छन, खाली खुट्टाले वुङवुङ्ती धुलो उडाउँदै वस्नेहरुका जीवनयापन फेरिए, जंगलको बास र रित्तो गाँस भएकाहरुले आज अमुक सुख सयल मोजमस्ती यस असंघारमा आँफुलाई उभ्याउन सकेका छन् ।

हिजो फाटेका चोली नपाएकाहरुका चोली फेरिए कि, हिजो एक गाँस खानको लागि दिनभरी साहुका घरमा बिताउनेहरुका दिनचर्या फेरिए कि, कर्णालीका दुर्गम गाउँ वेसीमा गाँस, बास र कपासको व्यवस्था पो भयो कि, कि भयो सिमानामा रगगगत वगाउनेहरुको परिवारको व्यवस्था, भएन होला खोला किनारमा वालुवम केलाउनेहरुको समस्या समाधान ? खै त के भयो भनौं, देशका मुख्य नदीहरुमा फेरिएकी फेरिएनन् तुईनको ठाउँमा झोलुङ्गाहरु । फेरियत केवल आसेपासे भनाउँदाहरु, ठुलाठाला भनाउँदाहरुका आफन्तहरुका दिन । तर फेरिएन राज्यको मुहार, फेरियन राज्यले चाहेको व्यवस्था, पाईएन जनताले चाहेको विकास, भेटिएन दुखी आमा दिदिहरुले खोजेको गाँस, देखिएन आम जनताले खोजेको शान्ति, प्राप्त भएन सवैले सवैलाई मान्ने र सवैले सवैलाई स्विकार गर्ने व्यवस्था, यस्तै यस्तै खालका अनेक विनेक आसा निरासा र कुण्ठाकै बिचबाट भएपनि जसोतसो आम जनताको दिनचर्या चलिनैरहेको छ । न पाएका छन कर्णालीका वासिन्दाले सिटामोल, न पाएका छन सिमानामा दिन विताउने नेपालीले सुख, न पाएका छन् आम शोषित पीडित जनताले भरोसा, न पाएका छन् देश विदेशमा रहेर आफ्नो मातृभूमि र आफ्नो परिवार सम्झी सम्झी आँसुसँग गास टिप्नेहरुले आनन्द, न पाएका छन् सोझा–साझा निमुखाहरुले न्याए, नपाएका छन वाढी, पहिरा,े विपत्तिमा परेकाहरुले समयमै सान्त्वना ।

खै यसो हेर्दा त ठुलै पविर्तन भएछ जस्तो लाग्थ्यो तर परिवर्तन त नहुनु पर्ने ठाउँमा पो भएछ त जसलाई जनताले देख्न पाउने तर भोग्न नपाउने । कति मजाको विडम्वना छ है प्रभु मेरो देशमा । खै पशुपतिनाथ ले दिएछन् त आर्शिवाद ? क कसलाई लागेको हो कुन्नी आर्शिवाद पनि ? स्वयम्भुका दुई नयनहरुले पनि यो परिवर्तन हेर्न मन नलागेर पो हो की केही नबोलेको । खै त भयो के, गरियो के ? २००७ साल देखि २०७७ सालसम्म आईपुग्दा यो देशमा के भएन ? को आए को गए ? को के भए ? कसले के गरे ? प्रश्न त छन नै धेरै । यसको जिम्मेवार को ? कसैसँग यसको समाधान छ जस्तो लाग्दैन ।

राज्य अहिले विश्वव्यापी महामारीसँग लुटुपुटु परिरहेको छ । कहाँ के गर्दा ठिक हुने हो र के नगर्दा ठिक हुनेहो कसैलाई पत्तो छैन । आफ्नो घरमा भएको एउटा कुकुरले कति ठाउँको कलो खाने कति खाने विचरा ? त्यै पनि कुकुर पनि यस्तो परेछ कि खान चैं मजाले खान्छ यसैमा हामीहरु सवै खुसी छौ । राज्यले कैयौ वित्पात हरु का बिचबाटै भएपनि संविधान प्राप्त गरेको छ । देशमा नयाँ शासन व्यवस्था कायम भएको पनि छ । संघियताको नाटक पनि देखाईएकै छ । स्थानीय तहहरुमा पनि मजासँगै आम जनप्रतिनिधी महासयहरु सयर गरिरहनुभएको नै छ । विकास का नाममा विनास र जनताका नाममा सर्वनास अनी जनताको भागमा वर्षेनी भार वढ्ने गरि भ्रष्टाचार गरिराख्नु भएको छ । यो उहाँहरुको धर्म जस्तै भयो की नगरि रहन नसक्ने । मतलव छैन नागरिकको छ त केवल आफ्नै मात्र आसेपासेहरुको । यस्ता खालका अवयवहरु राम्रैसँग सलय फिजारिए सरी दगुरिरहेको छन । यसको कुनै समाधान होला र खै राज्यमा ? भए जस्तो नै लाग्दैन । भएपनि गर्दैनन गर्ने कसले र किन गर्नु ।

यसरी अनेकोैं परिवर्तनकारी छलाङ हरु मार्दै मार्दै आज यहाँ उभिईरहँदा कति नेपाली सुखी भए ? कति नेपाली शान्त भए ? कति नेपाली भोटेकोशी, सप्तकोशी अनी त्रिसुलीमा बगीसके ? कतिका आँसु थामिएकै छैनन ? कतिले विलौना गरि गरि प्राण त्याग गरे ? कतिले आफ्ना वियोगित आफन्त खोज्दा खोज्दा निसास्सीयर आत्म हत्या गरे ? कतिले आफ्ना झिटिझाम्टा छाडेर विलोप भए ? कतिले आसै आसामा समय गुजारीरहेका छन ? खै त यस्ता प्रश्नहरुको उत्तर ? आज आम जनताले खोजीरहेका छन जसका उत्तर हरु एकदिन प्राप्त हुनेछन् र कतिका लागि यी अभिसाप बन्नेछन् भन्ने कुरामा दुईमत छैन । हरेक विषय वस्तुको एउटा निश्चित समयमा समाधान हुन्छ । त्यसले नयाँ रुप लिन्छ । जनताका आसा भरोषालाई त्यसले सम्मान गर्दछ । तर यहाँ यी जनता सँग सम्वन्धित विषयवस्तुहरु एकादेशका कथा हुन् ।

देशमा अहिले दुईतिहाईको बलियो सरकार छ त केवल सिंहदरवारमा मात्रै । त्यसले आम जनतालाई प्रवाह गर्ने सेवा सुविधा, नियम, कानुन र त्यसको परिपालना भएको छ की छैन भन्ने विषयमा कसैको चासो खाँचो छ जस्तो लाग्दैन । यदि हुँदो हो त राज्यमा संविधान जारी भए लगत्तै बन्नु पर्ने नियम कानुनहरु खै त वनेको ? यो कसले बनाउने हो खेतमा काम गर्ने किसानले बनाउने हो ? पीडीत जनताले या विदेसी कसले हो त ? दुई तिहाईको सरकारले बनाउने नियम कानुन आम जनता प्रती कति प्रभावकारी छन या छैनन मापदण्ड नै छैन । राज्यमा अमुक रुपमा शिक्षा, स्वास्थ्य र रोजगारीका विषयवस्तुहरुले पहिलो स्थान पाउनु पर्ने हो तर यी क्षेत्रमा कोही छ की छैन भन्या जस्तो खाली डम राखिछाडे जस्तो पो छ त । राज्यले लिएको वर्तमान शिक्षानीति लाई हेर्दा र उक्त क्षेत्रमा कार्यरत आम नेतृत्व वर्गलाई हेर्दा राज्यले यति धेरै हेपिरहेको छ की वर्णन नगरौं सवैलाई जानकारी छ ।

राज्यलाई चाहिने जनशक्ति उत्पादन गर्ने शिक्षा क्षेत्र थोत्रो काम्लो जसरी कुनामा फालिएको छ । त्यस क्षेत्रमा नेत्रृत्व लिनेहरुले नसकेका हुन की, गर्न पो नदिईएको हो की, नगराईएको पो हो की खै कुन्नी । यती ठुलो परिवर्तनकारी समयमा पनि शिक्षा क्षेत्रलाई वेकामी वनाएर फाल्नुमा कसको हात छ त ? कसले सहयोग गरिरहेको छ त ? अव यसको मार्गचित्र के छ ? यही पाराले देशमा शिक्षा क्षेत्र थामीन सक्छ त गम्भिर यक्ष प्रश्न हो यो तर यसको उत्तर फेला परेको छैन अहिलेसम्म । देशमा कैयौं शैक्षिक संस्थाहरु थलापरिरहेका छन् । राज्यले उचित नियम र कानुन लाई समयमै कडाईका साथ लागु गर्नै सकेको छैन । जहाँ जसले जसरी जस्तो निती लागु गर्दा पनि चलीरहेको नै छ र लतारिईरहेको नै छ । यही नै हो हाम्रो वास्तविक देशको मुल शिक्षा प्रणाली । कति आए, कति गए, क कसले के के नीति नियम लागु गरे, गर्न खोजे खै त्यसको प्रभाव कतापट्िट पर्नेहो यहाँ त जताततै ग्रहण लागेको दिन जस्तै भएको छ । देशभरमा अहिले शिक्षा क्षेत्र सँगै सवै थला परिरहेको छ ।

जसले जहाँ जे गरेपनि भएको छ । कहिँ कतै कुनै नियम कानुनको जरुरत पर्दैन पनि । यदी परिहालेछ भने त्यो निमुखा र सोझाहरुको लागि जो बोल्न र आवाज उठाउन सक्दैनन् त्यस्ताहरुको लागि मात्रै । राज्यले शिक्षा क्षेत्र बाहेकका अन्य सवै क्षेत्रमा कर्मचारीहरु राम्ररी नै व्यवस्थापन गरिरहेको छ सोही कर्मचारी तन्त्रले सेवा प्रवाह पनि गरिनै रहेको छ जे होस । तर देश भरमा हजारौंको संख्यामा रहेका सरकारी विद्यालयहरु छन् । जसमा कार्यरत जनशक्तिहरुको पीडा र मर्का सुन्ने निकाय नै छैन भनौं यो देशमा यदि छ भने के माखो मारीरहेको छ त ? जसरी देशमा आमुल परिवर्तन भयो त्यही मापदण्डमा शिक्षा जगतमा भने केही पनि हुन सकेन यो तितो यथार्थ हो स्विकार्नुस या नस्विकार्नुस् । देश संघियतामा पाईला सारे सँगै विभिन्न निकायमा कार्य गर्ने कर्मचारीहरुमा पनि उत्साह छायो । उनीहरुका सेवा सुविधाहरुमा पनि बढोत्तरी भयो ।

तर नेपाल सरकारका सरकारी विद्यालयमा रेटिएर काम गर्ने सम्पुर्ण विद्यालयको जिम्मेवारी वहन गर्ने विद्यालयका कर्मचारीहरुको हविगत राज्यका आँखाले देख्न नै सकेन अझै भनौ उनीहरुलाई चिनेन राज्यले विचरा । हरेक ठाउँमा रहने कर्मचारीहरुका लागी नियामक निकायहरु छन् तर उनीहरुका लागि नियम बनाउने कार्यान्वयन गर्ने सेवा सुविधा प्रदान गर्ने निकाय खै । के उनीहरु राज्यका सौतेनी सन्तानहरु हुन । उनीहरु कहिले सम्म पिडित भईरहने कहिले सम्म न्युन ज्यालामा काम गर्ने । कहिले सम्म हेपित र पिडीत भईरहने । यसको समाधान कहिले हुने हो ? कहिलेकाही संसदमा एक दुई जनाले संवोधन गरे जस्तो गर्ने र नियामक निकायले वोकोले वाख्रो हेरेजस्तो गर्ने काम नगर्ने र यसै पिल्साईरहने हो ? हेक्का रहोस कोठाभित्र बिरालो थुनेर त्यसलाई हत्या गर्न खोज्दै छ यो सरकार तर अभिषाप होला समयमै ख्याल रहोस । र यसको समाधान कसले गर्ने हो समयमा नै त्यता तर्फ ध्यान जानु जरुरी छ । राज्यले न्युनतम श्रम ऐन अन्तर्गतको कानुन ल्यायो त्यो पनि शिक्षा वाहेकका निकायहरुमा मात्र लागु भएको देख्न पाईयो । अन्यत्र भने त्यसले प्रभाव नै देखाउन सकेन ।

राज्यले ठूला–ठूला निर्माण आयोजनाहरु ल्याईरहेको छ । देशमा गौरवका आयोजनाहरु भनिएको छ । विसौं तिसौं वर्षदेखी कार्यान्वयन नभै वजेट मात्रै रित्ताएका कति आयोजना हरु छन । राज्यले हरेक निकाएमा कति भ्रष्टाचार पचाएको छ । कति वर्वादी भएको छ । त्यहाँ खै नियम र कानुन नचाहिने हो ? राज्यका जिम्मेवार निकायवाट छानविन हुनु पर्दैन । तर यसरी हेपित र पिडित अवस्थामा रहेका नेपालका सरकारी विद्यालयमा काम गर्ने हजारौं कर्मचारीहरुको भविष्य वर्वाद भएको छ यस्तै पाराका सरकारका काम नगर्ने निकाय र व्यक्तिहरुका कारण के यीनीहरुलाई गलत्याएर सक्षम र सवल अनि प्रभावकारी व्यक्ति लाई ठाउँ दिन सकिँदैन । उचित नियम र कानुन निर्माणमा चरम लापरवाही भएका कारणवाट कति कर्मचारीहरुले बिचमा नै अवकास पाएका छन । राज्यले उनीहरुलाई कुनैपनि किसिमको सम्वोधन गरिरहेको छैन । राज्यलाई आवस्यक हैन भने किन राखियो र आवश्यक हो यदि भने किन नियमानुसार कार्यान्वयन गर्न गराउन सकिएन यसमा क कसको नामर्दीपन हो त स्पष्टहुन जरुरी छ ।

हुनत राज्य सञ्चालन प्रणालीमा रहेका सवै जसो निकायहरु चरम भ्रष्टाचारको शिकारमा वाँचिरहेका छन र त्यो भन्दा पनि दर्दनाक अवस्थामा शिक्षा क्षेत्रले आँफुलाई उभ्याएको छ । शिक्षा क्षेत्रमा कार्य गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभाग तथा यस क्षेत्र सँग आवद्ध संग संगठन, निकाय तथा आम व्यक्तित्वहरुको जिम्मेवारी वहन भएको छ की छैन भन्ने विषयमा सवै पक्षको ध्यान जानु जरुरी छ । देशलाई हाँक्ने शिक्षा क्षेत्र नै चिर निद्रामा रहेको जस्तो भान हुन थालीसक्यो । यदि त्यसो होईन भने किन गर्न सकिएन त नियम कानुनहरु लागु गर्न ? यस विषयका वारेमा जिम्मेवार निकाय र व्यक्तिहरुले चित्त वुझ्दो जवाफ दिन सक्नु पर्दछ । न की आफ्नो जिम्मेवारी वाट भाग्न कदापी पनि पाईदैन । हुन त यो देशमा के भएन र, के हुन सकेन र, परमेश्वरले दिएका दुई दुई वटा आँखा छँदै छन देख्नु परिराखेको छ । एक दिन त गाईजात्रा भए गरेकै थियो तर वर्तमान परिवेषमा भने दिनानुदिन मजाखाले जात्रा भई नै राखेका छन । लुट्ने ले लुटीरहेको छ, हसुर्नेले हसुरेको नै छ, चोर्ने ले चोरेकै छ, कुट्नेले कुटेकै छ, भुट्नेले भुटेकै छ, मौकामा चौका हान्नेले चौका, पन्जा, छक्का सवै हानेकै छ यो देशमा तर पनि निर्वाद रुपमा आफ्नो देशमा आफ्नो जिम्मेवारी वहन गरिरहेका दुखी मनुवाहरु पनि छन नभएका होईनन तर उनीहरुको जमात सानो छ निरिह छ र त उनीहरुलाई राज्यको नजरले भ्याउन सकिरहेको छैन ।

यीनै खालका र यस्तै यस्तै तितामिठा राम्रा नराम्रा पक्षहरुवाट आ–आफ्नै डम्फु बजाउँदै हिँडिरहेका छन् र हिँडाइएकाहरु पनि छन । सत्यको मतलव छैन । साँचो कुरा तितो र नमिठो हुन्छ । जसले जहाँ जे सक्छ जसको पहुँच पुग्छ जसले जहाँ हसुर्न सक्छ त्यो नै वर्तमान नपालको जल्दो वल्दो यथार्थ हो भन्दा फरक नपर्ला । आखिर जे छ र जे देखिएको छ त्यो हिजै भएका हरुले वनाए, स्थापना गरे, निर्माण गरे, मर्मत गरे, व्यवस्था गरे र गर्न लगाए खै हामीले के गरेका छौं । आखिर परिणाममा देखीनु पनि त पर्यो नी हैन र ? अहिले सम्म हामीले केही गरेका छौं जस्तो नलागेर अरुहरुले नै गरिदिएका र गराईदिएका संरचनाहरुमा कुस्ति खेल्दै मडारिदै वडारिँदै पोख्दै खाँदै वाँड्दै आईरहेका छौं यो पक्का हो जस्तो लाग्छ । यदी हैन भन्ने हो भने राज्यले वर्षेनी करोडौं नभएर अरवौं र खरवौंमा लगानी गरेका आयोजनाहरु कति वर्ष देखी थातीरहेका छन र कमाई खाने भाँडो अनी विदेशीहरुलाई हात थापी कलो खाने साधन बनार्ईका छन् ।

यदि यो देश समृद्ध वनाउने आम नेतृत्व तहको विचार हुन्थ्यो त हिजो कैयौं पटक भारतले नाका वन्दी गर्यो र पनि भारतका सामु हामी आम नेपाली दाजुभाई तथा दिदीवहिनीहरु मरेनौं वरु उत्साहका साथ उसका विरुद्ध आँफै गर्नुपर्दछ र हामी नेपालीहरु आफ्नै खुट्टामा उभीन सक्नुपर्दछ भन्ने महान उद्गार लिएर लागिपर्यौं र गर्र्यौ पनि । यदी त्यो भारत सरकारले जतिसुकै नाकावन्दी गरोस हामी गर्न सक्छौं र गर्दछौं भन्ने एउटा भावना जागृत भएको थियो तर बिचमा नै भारतले आफ्नै स्वार्थको लागि नाका वन्दी खोल्यो र हाम्रो नेतृत्व वर्ग भनेको विदेशिले मुछेको खाने वानी परेकोले आम नेपाली जनतालाई जागरुक वनाएर आफ्नै खुट्टामा उभीन प्रेरित गर्नको साटो उल्टै जुठो कलो खान तर्फ लाग्यो । त्यसकारण पनि यो स्पष्ट हुन्छ कि राज्य वलियो हुनको लागी त्यहाँको शासन व्यवस्था मजवुति र नियम कानुन अनि सुव्यवस्थाले पुर्ण हुन सक्छ । विश्वमा यस्ता साना खाले र भूपरिवेष्ठित राज्य पनि नभएका होईनन तर उनीहरुलाई अन्य कसैको सहयोगको खाँचो नभएर आँफैमा सक्षम र सवल भएका कारण कसैले हेप्न नसकेको अवस्था छ । यदि हाम्रो राज्य शक्तिले चाहने हो र गर्ने तिव्र ईच्छा शक्ति हुने हो भने यो गर्न नसक्ने केही पनि छैन सवै संभव छ चाहना हुनु पर्यो । आफ्नो कामको लागी अरुको वाटो नहेरी आँफैवाट सुरु गर्न सक्नु पर्दछ मात्र महान वन्न सकिन्छ ।

अन्तत जे जसरी आफ्ना यथार्थतालाई कलमको माध्यमवाट पोखेपनि यसका जिम्मेवार पक्ष हामी सवै हौं र हुनुपनि पर्दछ । एउटा राज्य नामले मात्रै केही पनि गर्न सक्दैन त्यसको लागि समग्र रुपमा नियम विधि कानुन र प्रक्रियाको खाँचो पर्दछ नै । त्यसको सहि र उचित समयमा निर्माण र व्यवस्थापन गरि आम जनताले रुचाउने प्रकृतिका र उनीहरुका मर्म विसाउने खालको राज्य व्यवस्था प्रणालीको विकास गरी सम्पुर्ण जनताको लागी रेएकरुपी तन्त्रको व्यावहार गर्नु आजको माग पनि हो । समयले जतसिुकै कोल्टे फेरेता पनि हामी नेपालीहरु जहाँको तहीँ पल्टेका छौं । त्यसकारण समग्र राज्य निर्माण प्रणाली, कर्मचारी तन्त्र, सुशासन व्यवस्थापन लगायत कैयन विषय वस्तुहरुमा राज्यले निर्भिक रुपमा आम जनताको मुहार फेरिने किसिमका कार्यक्रमहरु प्रतिपादन गर्न सक्नुपर्दछ ।

खासमा राज्यले मात्रै दिएन र पाईएन भन्नु भन्दा पनि हाम्रो कर्तव्य र व्यवहार पनि अमुक पक्ष हो । त्यसमा पनि समयानुकुल परिवर्तन र परिमार्जन गर्नको लागी समयले कसैलाई पनि छेकरिहेको छैन । विकास निर्माण पनि नभएका होइनन तर दिगो रुपमा हुनुपरयो भन्ने हो । कुनै पनि पक्षमा परिवर्तन आउन नसकेन भन्ने पनि होईन विस्तारै भई नै रहेको छ तर भएका परिवर्तनहरुमा जनताको मुहारले पनि वताउनुपर्यो भन्ने मुल मर्म हो । जसरी हरेक काममा सफलता असफलता फाईदा र वेफाईदा सवै भए जस्तै न्युनतम रुपमा भएपनि आम नागरिकहरुले आसा गरेका र गर्ने विषय वस्तुहरुमा राज्यले उदासिनता देखाउनु हुँदैन नै । यसरी एउटा व्यक्तिले पनि राज्यको लागी केही न केही गरिरहेको हुन्छ र उसले राज्यवाट केही पाउने आशा पनि राखेकै हुन्छ ।

राज्यका हरेक निकायहरुलाई चलायमान बनाउनुपर्ने माग पनि निरन्तर रुपमा आउने गरेको छ । समय सापेक्ष वनाउनु पर्ने पनि देखिन्छ । बदलिँदो परिवेशसँग सँगै हामीहरु पनि अघि पछि हुन सक्यौं भने पक्कै पनि वेफाईदा हुने छैेन । तर केवल आफ्नो मात्रै रोजीरोटी पाक्ने गरेको ताउके मात्र ताक्ने र आँफु र आफ्नो समाज आँफु र आफ्नो देशको लागी केही पनि नगरी राज्य दोहनमा लाग्ने आत्माहरु प्रति कठोर हुन पनि राज्यले सक्नुपर्दछ । नियम र कानुनलाई धज्जी उडाएर आँफ्नो राज लडाउने र दादागिरी देखाउने प्रवृत्तिका मतियारहरुलाई पनि राज्यले ठेगान लगाउन सक्नुपर्दछ । आखिर जती सुकै नारा लगाए पनि काम कर्म गरिएन भने त्यसको कुनै औचित्य रहँदैन भने जस्तै जिम्मेवार ठाउँमा सवैले आ आफ्नो कर्तव्य निभाउन भुल्नु हँुदैन र राज्य प्रति सदा वफादार रहन सक्नुपर्दछ भन्ने नै आजको समयको मुल मर्म हो ।

राज्यमा विभिन्न खालका विकृति विसंगतिहरु हिजो पनि नभएका होईनन् थिए । तर समयानुकुल तिनीहरुको उचित व्यवस्थापन र समयानुसार राज्य चल्नु र चलाउनु पनि आजको माग हो । परिवर्तन विभिन्न चरणमा भईरहने तर पद्धतिको विकास नहुने हो भने जस्तो सुकै आमुल परिवर्तनले पनि केही गर्न नसक्ने निस्चित छ । परिवर्तित र वदलिँदो दुनियालाई हेर्दै हामी र हाम्राहरुले पनि निकै धेरै गर्न वाँकी नै छ । जसरी स्टेजमा रहेर वात फलाक्ने गरिन्छ त्यही रफ्तारमा विकास र निर्माणलाई पनि सँग सँगै लैजान सक्नु पर्दछ । वोल्न त आज जो पनि सक्दछ तर खाचो यो छ की सही कर्म गर्ने कोही पनि भएन । त्यस कारण जहाँ जे जति भएका छन ती सव आम नेपाली नागरिकहरुका वलवाट मात्रै संभव भएका हुन भन्ने तितो यथार्थलाई कोही कसैले पनि वेवास्था गर्नुहुँदैन । र निरन्तर रुपमा गर्न सकेजति गर्नुपर्दछ जसले आम नागरिकलाई फाईदा पुग्न सकोस । राज्यका निकायहरु चुस्त दुरुस्त र प्रभावकारी वन्न सकुन आम नेपाली नागरिकले पाउने सेवा सुविधाहरु पनि सहज र सरल तरिकावाट प्राप्त हुन सकुन । कहिँ कसैको भनसुन गर्नु नपरोस । विधि र प्रक्रियाको धज्जी कसैले पनि नउडाओस । सवैले समान र सहज तरिकाको जीवनयापनमा राज्यले पहलकदमी गरोस । कोही सानो र ठुलो, हेपित र पिडित पनि हुन नपरोस, शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यले उचित र प्रभावकारी नियम कानुन तर्जुमा गरि लागु गर्न सकोस् ।

हरेक ठाउँमा शुसाशनको आभास हुन सकोस । भ्रष्टाचार जन्य क्रियाकलाप गर्नेहरुलाई राज्यले कठोर भन्दा कठोर सजायँ गर्न सकोस जसका कारण अरुले पनि त्यस मार्गमा लाग्ने चेष्ठा समेत नगरोस । सवैलाई समान र सहयोगी भावनाले हेरियोस् यही नै चाहना आम नेपालीको हिजो पनि थियो, आज पनि छ र भोली पनि रहिरहनेछ । जो जहाँ जुन धर्म संस्कारमा रहेको छ उसको त्यही आस्थामा नै सम्मान होस् । सवैले राज्यले वनाएका नीति र नियमको पुर्ण पालना गरि आफ्नो कर्तव्य पनि जाहेर गर्न सकुन् । सवैले आ–आफ्नो पेशा व्यवसाय निर्वाद रुपमा गरुन् । नेपाल राज्य एउटा स्वर्गको चिनो जस्तै छ र सोही अनुरुप यसको विकास र व्यवस्थापन गरियोस् । हामी सवैले सवैको लागी आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भुमिका प्रति कहिँ सकैको पनि जिम्मेवारी नटुटोस् । यस सन्दर्भमा मात्रै हामी महान र सुखी अनी खुसी नेपाली हुनेछौं भन्ने विषयमा दुई मत छैन । त्यसकारण जहाँ जती गर्न खोजिएता पनि त्यसको यथार्थ परिणाम जनता सामु देखा पर्ने गरि होस् भन्ने आम नेपालीको धारणा हो ।

प्रतिकृया दिनुहोस्