काठमाडौं । अनलाइन कक्षा भन्ने वित्तिकै धेरैलाई लाग्दो हो कि यो दिनमा एक पिरियड विद्यार्थीसँंग मासिक शुल्क उठाउन चलाइएको झारा टार्ने कक्षा हो । तर सवै स्कुलका अनलाइन कक्षा भने त्यस्तो छैन । कुनै स्कुलले चलाएको अनलाइन कक्षा भौतिक रुपमा स्कुलमा चलाएको कक्षा जस्तै प्रभावकारी देखिएको छ ।

यसरी प्रभावकारी रुपमा अनलाइन कक्षा चलाउने स्कुलहरुमध्ये एउटा स्कुलको नाम हो, भक्तपुरको मिवाछें व्यासीस्थित एभरेस्ट इङ्लिस स्कुल । यो स्कुलले भौतिक रुपमा कक्षा सञ्चालन गर्दा भन्दा वढी समय र मिहेनत शिक्षकहरूलाई गराएर अनलाइन कक्षा चलिराखेको छ ।

स्कुलमा पहिलो पटक २०७७ वैशाख १० गतेदेखि अनलाइन कक्षाबाट पढाई सुरु भएको हो । वैशाख २२ गतेदेखि थप दुई घण्टाको अर्थात् तीन पिरियड बराबरको अनलाइन कक्षा र असार २८ गतेदेखि चार पिरियडको जुम कक्षा तथा गुगल मिट कक्षाको अनलाइन सिङ्क्रोनस तथा असिङ्क्रोनस माध्यम प्रयोग गरी अनलाइन कक्षा चलिरहेको छ । नर्सरीदेखि कक्षा १० सम्मको भक्तपुर नगरपालिकाले तोकेको स्थानीय पाठ्यक्रमलगायत सवै विषयका कक्षाहरु निरन्तर रुपले यहाँं अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको छ ।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी कोभिड १९ महामारीको कारण विद्यालयमा प्रत्यक्ष रुपमा कक्षा सञ्चालन सम्भब नभएकोले विद्यालयका विद्यार्थीप्रतिको भविष्यको चिन्ताका साथै विद्यालयले हालसम्म स्थापित उच्च राष्ट्रिय मर्यादालाई कायमै राख्न विशेष अनलाइन कक्षा सुरु गरेको बताउँंछन् ।

उनका अनुसार अनलाइन कक्षा अन्तर्गत शिक्षकले आफनो विषयको दैनिक पाठ योजना र सोसँंग सम्वन्धित सामग्रीहरु एक दिन अगावै नानीहरुलाई पठाउनुपर्ने हुन्छ । पाठ सिकाइसकेपछि असाइनमेन्ट दिने, प्रोजेक्ट कार्य दिने हाजिरी लिने कार्य गर्नुपर्दछ । नानीहरुले असाइनमेन्ट सम्पन्न गरी बुझाएपछि शिक्षकले उक्त कार्यको परीक्षण ग्रेडिङ गरी विषयगत लेजरमा चढाएपश्चात मात्रै सो दिनको जिम्मेबारी पूरा हुन्छ । शिक्षकले भौतिक रुपमा कक्षा सञ्चालन गर्दा दैनिक ६ घण्टा काम गर्नुपथ्र्यो भने अनलाइन कक्षा सञ्चालन गर्दाखेरी दैनिक न्युनतम ७ घण्टा काम गर्नुपर्छ । यस विधिबाट अभिभावकले पनि आफना नानीको पढाई सम्वन्धि प्रत्यक्ष जानकारी राख्न सकेको महसुश गरेको प्रिन्सिपल राजभण्डारीले जनाए ।

अभिभावहरुलाई स्कुल एप मार्फत् विद्यार्थीको अनुपस्थिति, परीक्षाको नतिजा तथा अन्य सूचना आदिबारे जानकारी गराउनु यसको विशेषताहरु रहेको जनाइएको छ । यही प्रभावकारिताका कारण विद्यार्थीको उत्साह रहेको र झण्डै शतप्रतिशत विद्यार्थीले कक्षामा सहभागिता जनाउने गरेको विद्यालयको तथ्यांकले देखाएको छ । विद्यालयले राखेको तथ्यांक अनुसार सवै कक्षामा झण्डै शतप्रतिशत विद्यार्थीले कक्षामा सहभागिता जनाउने गरेका छन् । कक्षा ५ देखि १० सम्मका शतप्रतिशत विद्यार्थी कक्षामा सहभागी हुने गरेको तथ्यांक विद्यालयले राखेको छ।

हालसम्म विद्यालयले अनलाइनमार्फत् तीनवटा एकाई परीक्षा, एक वटा मिड टर्म, एक वटा त्रैमासिक परीक्षा सम्पन्न गरी नतिजासमेत अनलाइनमार्फत प्रकाशित गरिसकेको स्कुलले जनाएको छ । भौतिक रुपमा नानीहरुले अतिरिक्त क्रियाकलापहरुमा भाग लिए झै यस वर्ष पनि अनलाइनमार्फत् सेमिनारमार्फत् बाल चौतारी, कथा सुनाउने, एरोविक एक्सरसाइज्, निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको जनाइएको छ । साथै सदर चिडियाखाना जावलाखेलको आयोजनामा चित्रकला, कविता वाचन, बायोडाइभर्सिटी एण्ड कन्जरभेसन च्यालेन्जेज्, बाघ संरक्षण, हाती संरक्षण, जनावरसँंग एक दिन कार्यक्रम, क्लाइमेट चेन्ज अवेरनेस्, सोलिड वेष्ट म्यानेजमेन्ट प्रोग्राम, रेड पाण्डा डे, वल्र्ड राइनो डे कार्यक्रम आयोजना भएको स्कुलले जनाएको छ ।

अनलाइन कक्षा सुरु हुनु पूर्वदेखि नै सम्पूर्ण शिक्षकहरुलाई तालिमको व्यवस्था, कोअर्डिनेटरको बैठक, विभागीय वैठक, कर्मचारीको बैठक तथा जनरल मिटिङ नियमित रुपमा सञ्चालन भइरहेको जनाइएको छ । अनलाइनमार्फत नै अभिभाबक बैठक, विद्यार्थी काउन्सिलिङ, अभिभावकद्धारा गरिने मूल्यांकन फारम बुझाउने कार्य, प्रोजेक्ट वर्क कार्य सम्पन्न भइसकेको जनाइएको छ ।

एकजना अभिभावक रुपक जोशी भक्तपुरका निकै कम स्कुलमध्ये एभरेष्ट स्कुलले व्यवस्थित रुपमा अनलाइन कक्षाहरु चलाई विद्यार्थीको भविष्यमाथि चिन्ता गरेकोमा विशेष आभार व्यक्त गर्दछन् । व्यवस्थित एवं नियमित अनलाइन कक्षाले आफना चार र सात कक्षाका दुई छोराहरुले नियमित रुपमा पढ्न पाइरहेकोमा उनले खुशी साटे । यसकारण त्यस स्कुलका कुनै पनि बालबालिकालाई कोभिडका कारण पढाइमा कुनै समस्या नभएको उनले बताए ।

स्कुलकी शिक्षिका संगीता किवाछें बनेपालीले स्कुलको व्यवस्थित अनलाइन कक्षाले विद्यार्थीहरु पहिले दस बजेदेखि चार बजेसम्म मात्रै शिक्षक शिक्षिकाको सम्पर्कमा रहने यहाँका विद्यार्थीहरु अनलाइन कक्षाले सधैभरि शिक्षक शिक्षिकाको सम्पर्कमा रहने गरेको बताइन् । स्कुलले सञ्चालन गरेको अनलाइनबाट जुनैबेला शिक्षक शिक्षिकासँंग स्पष्ट नभएको विषयमा अनलाइनमा सोध्न सक्ने व्यवस्था रहेको उनले जानकारी गराइन् ।

स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा नलिना कार्कीले प्राविधिक समस्याबाहेक स्कुलको अनलाइन कक्षामा कुनै समस्या नभएको अनुभव सुनाइन् । नियमित मात्रै नभई व्यवस्थित अनि स्कुलको एडभान्स अनलाइन कक्षाले कोभिडका कारण आफूहरुको पढाईमा कुनै नोक्सानी नभएको अनुभव उनले सुनाइन् ।

प्रतिकृया दिनुहोस्