काठमाडौँ । उपत्यकामा कोरोना भाइरस संक्रमण फैलिरहे पनि सरकारको निर्णयअनुसार असोज १ देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै लामो दुरीको यातायातका साधन र अन्य व्यापार/व्यवसाथ सञ्चालन भइरहेका छन् । शैक्षिक संस्थामा वैकल्पिक माध्यमबाट अपनाएर पठनपाठनको विधिलाई अपनाउन आग्रह गरेको थियो । तर, कम प्रभावित उपत्यका बाहिरका जिल्लाहरुमा पढाइ सञ्चालन सुरु भएको छ ।

काठमाडौं बाहिरमात्रै नभइ राजधानीकै चन्द्रागिरि नगरपालिका ७ महादेवस्थानस्थित चेक पोस्टमा समेत प्रभात माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको छ । उक्त विद्यालय चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दिएपछि सञ्‍चालन भएको हो ।

नगरपालिकाले शिक्षक-विद्यार्थीमा संक्रमण देखिइहाले उपचार गर्ने आश्वासन दिएपछि असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आएको हो । विद्लालय सञ्‍चालन गरिए पनि प्रभावकारी रुपमा चल्न सकेका छैनन् । विद्यार्थीलाई हप्ताभरिलाई पुग्ने गृहकार्य दिएर पठाउने गरिएको प्रधानाध्यापक रुपाखेतीले जानकारी दिए ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्