बझाङ । बझाङ जिल्लाका अधिकांश विद्यालयमा भर्ना अभियान सुरु भएको छ । लामो समयदेखि कोरोना भाईरसको संक्रमणका कारण बन्द रहेका विद्यालयमा पठनपाठन सुरु गर्नका लागी विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो ।

छ महिनादेखि शैक्षिक संस्थाहरु पुर्णरुपमा बन्द रहेपछि यहाँका अधिकांश स्थानीय तहहरुले विद्यालय खोल्ने र पठनपाठन सुरु गर्ने गरि तयारीमा जुटेका छन् । कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन फैलिदै गएको भएप नि बिद्यार्थी भबिस्यमा नराम्रो असर पर्ने भएको भन्दै यहाँका स्थानीयहरुले विद्यालय प्रशासन खोल्ने, बिद्यार्थीहरुको भर्ना गर्ने र पठनपाठन सुरु गर्ने निर्णय गरेका हुन् । जिल्लाभित्र पिसिआर मेसिन भित्रिएसंगै कोरोना भाईरसको परिक्षणलाई फराकिलो बनाउनका साथै कक्षाकोठामा समेत सामाजिक दूरी कायम गर्ने , मास्क , सेनिटाईजर प्रयोगका साथै साबधानी अपन्याएर पठन पाठन गर्ने दुर्गाथली गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले बताउनुभयो ।

उहाँले सरकारले केही समयसम्म विद्यालय नखोल्ने भनिए पनि कार्यपालिकाले निर्णय गरि जोखिम न्यून भएका ठाउँहमा विद्यालय खोलेर पठनपाठन सुरु गर्ने तयारी रहेको बताउनुभयो । कोरोना भईरसको महामारी पैmलिदै गएपछि लामो समयदेखि विद्यालय बन्द रहेकाले सबैभन्दा बढी शैक्षिक क्षेत्र नै धराशयी भएको अभिभाबकहरुको भनाई छ । स्थानीय अभिभाबक वीरेन्द्रबहादुर सिंहले भन्नुभयो, “यती लामो समयसम्म विद्यालय बन्द रहेपछि बालबालिकाको पढ्नुपर्छ भन्ने धारणा समेत हराउनुका साथै बानी पनि बिग्रिएको छ । घरमा पढाउनका लागि सबैका अभिभाबकलाई फुर्सद पनि हुदैन,आफै पढ्नुपर्छ भन्ने धारणा समेत नभएपछि बालबालिकाको भबिस्य नै बिग्रने सम्भावना बढेको छ ।”

यहाँका १२ वटै पालिकाहरुका बिद्यार्थीहरुलाई पुस्तक बितरण गरिसकेका छन् । प्रायजसो सबै पालिकामा बिद्यार्थी भर्ना समेत गर्दै आएका छन् भने पठन पाठन कहिले देखि गर्ने भन्ने बारे भने अझै अन्यौलता कायमै रहेको छ । कसै पालिकाले दशै लगत्तै पढाई सुरु गर्ने तयारी गरेका छन् भने कसै पालिकाले तिहारपछि मात्र पढाई सुरु गर्ने तयारीमा छन् । लामातोलमा माबिका शिक्षक धर्मराज जोशीले भन्नुभयो , घरमै बसेर दिक्क लाग्न थालिसक्यो चाडो विद्यालय खोलेर पठनपाठन सुरु गर्यो भने हुन्थ्यो बिद्यार्थीहरुको भबिस्य बिग्रने सम्भावना छ ।

शैलेन्द्र रोकायाले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्