काठमाडौं। सरकारले सक्षम जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर सुधार्न हरेक प्रदेशमा एक उत्कृष्टता केन्द्र स्थापना गर्ने भएको छ।

प्रतिनिधिसभामा आज अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकाे बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा सूचना तथा प्रविधिको प्रयोग गरी गुणस्तरीय शैक्षिक सामग्री उत्पादन गरी वितरण गर्ने उल्लेख छ।

प्रस्तावित बजेटमा शैक्षिक क्षेत्रका नक्साकङ्नसहित योजनाबद्ध रुपमा पढ्दै कमाउँदै कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमूनाका रुपमा थालनी गर्ने, शिक्षकलाई अलग्गै अस्पताल स्थापना गर्ने, विश्वविद्यालयलाई अनुसन्धानका लागि पूर्वाधार विकाससहित विकास गरिने, पुरानो र ऐतिहासिक कलेज त्रिचन्द्र कलेज, घन्टाघरलाई पुरानै शैलीमा पुनःनिर्माण गरिने पनि जनाइएको छ।

प्रतिकृया दिनुहोस्