भाषा शिक्षणको एउटा लक्ष्य भनेको बालबालिकाले बिना रोकटोक वा नअड्कीकन  कुनैपनि पाठ धाराप्रवाह पढ्न सकुन् र त्यससँग सम्बन्धित प्रश्नको जवाफ दिन सकुन् भन्ने नै हो । धाराप्रवाह पढ्ने र सम्झने प्रक्रियाको बीचमा एउटा सकारात्मक सम्बन्ध रहेको हुन्छ ।

कुनैपनि बालबालिकाले जति सहज तरिकाले कुनैपनि पाठ पढ्न सक्छन्, त्यति नै सम्भावना रहन्छ कि त्यससँग सम्बन्धीत प्रश्नको जवाफ दिन सक्छन् । राम्रोसँग पढ्न सक्ने बालबालिकले त्यो विषयबस्तुको गहिरो अनुभव गर्न सक्छन् । यदी हाम्रा बालबालिका सर्सर्ती पढ्न सक्दैनन् भने के गर्ने त ? हामी यस विषयमा एकजना भारतिय लेखक भरत सिंह भाटीले दिएका  टिप्स प्रस्तुत गर्न गइरहेका छौं ।

१. प्रतीक वा चिन्हको पहिचान
सबैभन्दा पहिले सुनिश्चित गर्नुस् कि जुन पाठ्य सामग्री बालबालिका पढ्न गइरहेका छन् । त्यसमा आउने सवै प्रतिक र चिन्हको बारेमा उनीहरुलाई जानकारी होस् ।  किनकी यदी पढ्दै जाँदा १/२ वर्ण पनि बालबालिकालाई उच्चारण गर्न आएन र ती वर्ण पाठमा निरन्तर आइरह्यो भने उनीहरु पढ्न रोक्न सक्छन् । जसले गर्दा पढाइको धाराप्रवाहको गति रोकिन सक्छ ।

२. शब्दलाई शब्दकै रुपमा पढाउँ
शुरुवाती चरणमा शिक्षकहरुले बालबालिका हरुलाई वर्ण मिलाएर शब्द बनाउन सिकाउँछन् । जस्तो किः क+म+ल = कमल । तर यो सहि तरिका होइन । शिक्षकहरुले एकस्तरपछि बालबालिकालाई शब्दलाई शब्दकै रुपमा पढाउन सिकाउनु पर्दछ । जस्तो कि ः कमल, मदन, रमन, कलम आदी । एकपटक १० विद्यालयका शिक्षकहरुले यसविषयमा योजना बनाएर यसलाई प्रयोगमा ल्याएका थिए । जसमा अचम्म भो ! कक्षा १ का बालबालिकाले समेत शुरुवात देखि नै शब्दलाई शब्दकै रुपमा पढ्न जान्ने भए ।

३. स्वतन्त्र रुपमा अभ्यास गर्ने मौका दिँउ
कुनैपनि पाठ पढाएपछि त्यसबारेमा बालबालिकालाई स्वतन्त्र रुपमा अभ्यास गर्न दिनुपर्दछ । यसबाट बालबालिकाले विषयबस्तुको सहि पहिचान गर्न सक्छन् नै साथै, पढ्ने आत्मविश्वास समेत बढ्छ ।

४. पुस्तकालयमा पढ्ने अवसर दिउँ
कक्षा शिक्षणको अलावा बालबालिकालाई पुस्तकालयमा उनैका स्तरको पुस्तक पढ्न दिनाले उनीहरुमा पुस्तक प्रतिको रुचि बढ्छ । आकर्षक चित्रहरुबाट प्रभावित भएर बालबालिकाहरु लेखेका अक्षरहरु पढेर कहानी सम्झने प्रयास पनि गर्दछन् । उनीहरुलाई पुस्तकालयबाट पुस्तकहरु घरमा लैजान समेत दिनुपर्दछ । एउटा अनुसन्धानमा के पाइएको थियो भने जुन बालबालिकालाई पुस्तकालयमा धेरै समय पढ्ने अवसर मिल्यो उनीहरु धेरै नै राम्रोसँग धारप्रवाहसँग पढ्न सक्ने भए । साथै, बुझेर पढ्नसक्ने भए ।

५. शिक्षकले दैनिक वाचन गरेर सुनाउने
बालबालिकामा धारा प्रवाह पठन क्षमता बढाउनका लागि शिक्षकले दैनिक रुपमा कक्षामा एउटा कथा, कविता (पाठ्यपुस्तक वा पुस्तकालयबाट) धारा प्रवाहसँग (उचित गति, शुद्धत र हउभाउ) पढेर सुनाउँ । यसले कुन शब्द शुद्ध कसरी उच्चारण गर्ने भन्ने कुरा बलबालिकाले सिक्दछन् ।

६. बुझेर पढ्न प्रोत्साहित गर्ने
धारा प्रवाहरुपमा  पढ्ने उद्देश्यले पढिएका  पाठलाई सम्झनु पनि महत्वपुर्ण छ । पढेर मात्रै भएन बुझेर र सम्झन सक्ने गरी पढ्नु आवश्यक छ । यसले बालबालिकामा रुचि र जिज्ञासा जागृत भइनै रहन्छ । शुरुवाती चरणमा उनीहरु वाचन मात्रै गर्दछन् सम्झना कम हुन्छ । त्यसैले उनीहरु कुनैपनि पाठ लामो समय पढीरहन मन पराउँदैनन् । किनकी उनीहरुलाई पढीरहँदा झ्याउ मात्रै लाग्छ । यस दौरान शिक्षकहरुले पढेर सम्झने क्षमता बढाइदिने प्रयास गरिदिनु आवश्यक छ । जति–जति उनीहरु बुझ्दै जान थाल्छन् उनीहरु अझ धारा प्रवाहका साथ पढ्न थाल्छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस्