काठमाडौँ । रिलायन्स कलेजकी छात्रा छिरिङ्ग केसाङ्ग शेर्पाले पाचौँ सिजनको स्पेल बी (इङ्लिस स्पेलिङ कन्टेस्ट) को उपाधि जितेकी छन् ।

कान्तिपुर टिभीबाट विगत ७ महिनादेखि प्रत्येक बुधवार बेलुकी ९ बजेदेखि १० बजे सम्म प्रसारण हुँदै आएको कार्यक्रमबाट उपाधि जितेसँगै कलेजकी मानविकी शंकायकी छात्रा छिरिङ्ग केसाङ्ग शेर्पाले रु तीन लाख नगद पुरस्कार जितेकी छिन् ।

पत्रकार भूषण दाहालले सञ्चालन गर्दै आएको सो कार्यक्रममा देशभरिबाट करिब ९०० कलेजले सहभागिता जनाएका थिए । रियालिटी शोको भल्को दिने गरी सुरु गरिएको यो कार्यक्रममा मलिन मिडियाले देशभरि रहेका कलेजहरूको प्राङ्गणमा पुगेर प्रतियोगीहरू छनौट गरेको थियो ।

शेर्पाले पाँचौँ संस्करणको उपाधि जितेसँगै सो कलेजका प्राचार्य रविन्द्रजङ्ग थापाले रिलायन्स कलेजले विद्यार्थीहरूको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउन नियमित अतिरिक्त क्रियाकलापलाई अत्यन्त प्राथमिकता दिएकोले यस्ता ठुला ठुला प्रतियोगितामा रिलायन्स कलेज सधैँ नै अब्बल रहने गरेको बताए ।

 

प्रतिकृया दिनुहोस्