काठमाडौं । सरकारले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरेको छ ।

आइतवार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित भव्य समारोहकाबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उत्कृष्ट विद्यालयहरुलाई शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद सहित पुरस्कृत गरेका हुन् ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई) तर्फ सामुदायिक विद्यालयहरुमा उत्कृष्ट नतिजा हासिल गरी प्रथम हुन सफल तेखाखुपु भक्तपुरको मेधा माध्यमिक विद्यालयले शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद ३ लाख सहित पुरस्कृत भएको छ ।

यस्तै, देशभरबाट एसइई परषिामा उत्कृष्ट नतिजा ल्याइ द्वितीय हुन सफल तम्घास गुल्मीको रेसुङ्गा माध्यमिक विद्यालय शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद २ लाख सहित पुरस्कृत भएको छ ।

यस्तै तृतीय स्थान हासिल गर्न सफल बालाजु काठमाडौंको तरुण माध्यमिक विद्यालय शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद १ लाख सहित पुरस्कृत भएको छ ।
यस्तै, मुलुकभरका संस्थागत विद्यालयहरुतर्फ एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याइ प्रथम स्थान हासिल गर्न सफल कपन, काठमाडौंको रिलायन्स ईण्टरनेशनल एकेडेमी शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद ३ लाख सहित पुरस्कृत भएको छ ।

यस्तै, संस्थागत विद्यालयतर्फ नै द्वितीयस्थान हासिल गर्न सफल साँगा काभ्रेको नेपाल प्रहरी माध्यमिक विद्यालय शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद २ लाख सहित पुरस्कृत भएको छ ।

यस्तै तृतीय स्थान हासिल गर्न सफल बानेश्वर काठमाडौंको भ्याली भ्यु ईङ्लीस स्कुल शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद १ लाख सहित पुरस्कृत भएको छ ।


यस्तै माध्यमिक शिक्षा परीक्षा कक्षा १२(एसएलसी)मा सामुदायिक विद्यालयहरुका तर्फबाट उत्कृष्ट नतिजा ल्याइ प्रथम हुन सफल कास्की पोखराको अमरसिंह माध्यमिक विद्यालय शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद ३ लाख सहित पुरस्कृत हुन सफल भएको छ ।

यस्तै, द्वितीय स्थान ल्याउन सफल ईन्द्रपुर मोरङको सुकुना माविले शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद २ लाख र पर्वत फलेवासको भवाजी विद्यापीठ तृतीय स्थान हासिल गर्दै शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद १ लाख सहित पुरस्कृत भएका छन् ।


एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने स.सथागत विद्यालयहरुतर्फ प्रथम हुन सफल कास्कीको एसओसएस हर्मन माईनर शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद ३ लाख सहित पुरस्कृत हुन सफल भएको छ ।

यस्तै द्वितीय स्थान हासिल गर्न सफल साँगाको नेपाल प्रहरी मावि शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद २ लाख र तृतीय हुन सफल माईतीघर काठमाडौंको सेण्ट जेभियर्स कलेज शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद १ लाख सहित पुरस्कृत हुन सफल भएका छन् ।


यस्तै, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट आंगिक शिक्षालयहरुमध्ये छनोट भई बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, परिषद्बाट सम्बन्धन प्राप्त गरी साझेदारीको रुपमा सञ्चालित शिक्षालयहरुतर्फ तानसेन स्कूल अफ हेल्थ साइन्स र सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयहरु मध्ये जनज्योति माध्यमिक विद्यालय सिन्धुली नगद एकलाख सहित पुरस्कृत हुन सफल भएका छन् ।

यसैगरी, विश्वविद्यालय अनुदान आयोगबाट छनोट भइ आंगिक क्याम्पस तर्फ ललितपुरको पुल्चोक क्याम्पस, सामुदायिक क्याम्पस तर्फ जे. एस. मुरारका बहुमुखी क्याम्पस लाहान, सिरहा र काठमाडौंको बर्नहार्ट कलेज नगद २ लाख ५० हजार सहित पुरस्कृत भएका छन् ।

२०७६ भदौ २२ गते १९:००मा प्रकाशित

प्रतिकृया दिनुहोस्