काठमाडौं। त्रिभुवन विश्वविद्यालयका हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने भएका छन्।

आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिविका वार्षिक परीक्षाहरु साउन २९ र सेमेष्टरका परीक्षा भदौ ५ गते सकिँदैछ।

प्रतिकृया दिनुहोस्