काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि विज्ञापन गरेको छ ।

आयोगले ६ हजार १३ रिक्त दरबन्दीका लागि ७७ ओटै जिल्लाबाट आवेदन माग गरेको हो । आयोगका अनुसार कोशी प्रदेशका १४ जिल्लामा १३५५, मधेश प्रदेशका ८ जिल्लामा १११७, बागमती प्रदेशका १२ जिल्लामा १२४१, गण्डकी प्रदेशका ११ जिल्लामा ८६१, लुम्बिनी प्रदेशका १२ जिल्लामा ५३८, कर्णली प्रदेशका १० जिल्लामा ४७२ र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ४२८ रिक्त दरवन्दीमा खुला विज्ञापन गरेको हो ।

आयोगले वैशाख १ गतेसम्म नियमित दस्तुरमा र वैशाख १५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिने आयोगले स्पष्ट पारेको छ । लिखित परीक्षा आगामी वैशाख २० गते १ बजेदेखि हुने जनाइएको छ।

हेनुहोस् सूचना

 

प्रतिकृया दिनुहोस्