भक्तपुर । शिक्षक सेवा आयोगले प्राथमिक तहको अध्यापन अनुमती पत्र(शिक्षक लाइसेन्स) को नतिजा प्रकाशित गरेको छ ।

कोभिड–१९ का कारण बिचमा रोकिएको नतिजा प्रकाशन आयोगले पुन सुचारु गरेको छ ।

बुधवार आयोगले प्राथमिक तहको प्रदेशगत हिसावमा प्रकाशन शुरु गरेको हो । बुधवार आयोगले बाग्मति प्रदेशको नतिजा प्रकाशन गरेको छ ।

नतिजा अनुसार बाग्मति प्रदेशबाट परीक्षामा सहभागी ८ हजार ४८ मध्ये ६६० जना उत्तीर्ण भएका छन् । यस्तै, ४४५ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ । यस्तै परीक्षामा अमर्यादित काम गर्ने १ जनाको परीक्षा रद्द भएको छ ।

प्रतिकृया दिनुहोस्