तनहूँ । लकडाउनको समयमा तनहूँमा विद्यार्थीका घरघरमै परीक्षाको नतिजा  र पाठ्यपुस्तक पुर्याइने भएको छ ।

बैशाख १७ गते शिक्षा विकास तथा समन्वय इकाइ, तनहुँका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा बसेको जिल्लाका सबै स्थानीय तहमा कार्यरत शिक्षा शाखाका प्रमुख, उपसचिव, शाखा अधिकृत, प्राविधिक सहायकहरुको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले लकडाउन भन्दा पहिला नतिजा प्रकाशन गर्न छुट भएका विद्यालयहरुले सामाजिक दुरी कायम गर्दैै नतिजा तयार गरी विद्यार्थीहरु घरघरमा रहेर नै नतिजा जानकारी पाउने वातावरण निर्माण गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले जानकारी दिए ।

उनका अनुसार नयाँ पाठ्यपुस्तक एक एक सेट बालबालिकासम्म  पुर्याइने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले गरेको निर्णयहरु हेर्नुहोस्

१. लकडाउन भन्दा पहिला नतिजा प्रकाशन गर्न छुट भएका विद्यालयहरुले सामाजिक दुरी कायम गर्दैै नेपाल सरकारले जारी गरेका लकडाउनका नियमहरु पालना गर्दै नतिजा तयार गरी विद्यार्थीसम्म पर्याउने । नतिजा प्रकाशन गर्दा विद्यार्थीहरु घरघरमा रहेर नै नतिजा जानकारी पाउने वातावरण निर्माण गर्ने ।

२. हरेक स्थानीय तहले अनलाईन मार्फत आप्mनो नगरपालिका तथा गाउँपालिका भित्रका सवै विद्यालयका प्रअहरुको बैठक आयोजना गर्ने र कोभिड १९ ले ल्याएको परिवेसमा पनि बालबालिकाको सिकाइलाई निरन्तरता दिन सकिने सम्भावित कार्यको खोजी गर्ने ।

३ नयाँ पाठ्यपुस्तक एक एक सेट बालबालिकालाई पुर्याउन प्रयास गर्ने । सम्भव भए सम्म बालबालिका रमाउने खालका कथा कविताका पुस्तकहरु वितरण गरी पढ्ने बानी निर्माणमा सहयोग गर्ने ।

४ हरेक विद्यालयमा कक्षा शिक्षक मार्फत बालबालिकाका अभिभावकलाई फोन गरी बाबालिकालाई सिकाइमा सहयोग गर्न तथा सिकाइ योग्य वातावरण निर्माण गर्न अनुरोध गर्ने । कक्षा शिक्षक नतोकिएका विद्यालयहरुमा कक्षा शिक्षक तोक्ने व्यवस्था मिलाउने ।

५. अहिलेको फुर्सदको अवस्थामा सबै शिक्षकहरु शिक्षण सिकाइमा सूचना प्रविधि प्रयोग गर्न सक्ने गरी तयारी गर्ने तथा शिक्षकको सूचना प्रविध प्रयोग सम्वन्धी क्षमता विकास गर्ने ।

६.हरेक स्थानीय तहमा यस बैठकले गरेका निर्णयको कार्यान्वयन र यस अवस्थामा पनि सिकाइलाई निरन्तरता दिन गरेका सकारात्मक कार्यहरु अर्को बैठकमा प्रस्तुत गर्ने ।

२०७७ बैशाख १८ गते ११:४३मा प्रकाशित

प्रतिकृया दिनुहोस्