तनहूँ । तनहूँका माध्यमिक तहका प्रधानाध्यापकहरुको बैठकले बालबालिकाको हातहातमै पाठ्यपुस्तक पुर्याउने निर्णय गरेको छ । अब लकडाउनमा घरमै रहेका बालबालिकाको हातहातमै पाठ्यपुस्तक पुर्याउने छ ।

शुक्रवार शिक्षा विकास तथा समन्वय इकाइ, तनहूँका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा अनलाइनमार्फत स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरु, शिक्षक महासंघ तनहुँ र शिक्षकका पेसागत सस्थाका प्रमुखहरु समेतको उपस्थितिमा जिल्लाका माध्यमिक तहका प्रधानाध्यापकहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै बालबालिकको टोल–टोलमा सिकाइ समुह निर्माण गरी स्थानीय शिक्षकले सिकाइलाई निरन्तरता दिने, एफ एम रेडियो, टिभिको माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिने तथा डिजिटल रुपमा पहुँचमा रहेका बालबालिकालाई अनलाइन लगायतका डिजिटल माध्यमहरुको प्रयोगबाट सिकाईलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।

बैठकले सवै विद्यालयका सबै कक्षाको नतिजा बालबालिकासम्म पुर्याउने कार्य सम्पन्न भएको हुनाले तल्लो कक्षा पठनपाठन पुरागरेका विद्यार्थीहरुलाई माथिल्लो कक्षामा अभिलेखीकरण गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, विभिन्न समुदायमा रहेका बालबालिकाको अवस्था, पहुँच र आवश्यकता अनुसार सबै स्थानीय तह र विद्यालयहरुले बालबालिकाको सिकाइलाई निरन्तरता दिन गर्न सकिने सम्भावित कार्यहरुको खोजी गर्ने समेत बैठकले निर्णय गरेको छ ।

लकडाउनको अवस्थामा शिक्षकहरुलाई डिजिटल साक्षर तथा शिक्षण सिकाइमा सूचना तथा संचार प्रविधिको प्रयोग गर्न सक्ने गरी क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने साथै, सबै शिक्षकहरुले आफुलाई शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्ने गरी क्षमता विकास गर्न प्रयत्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहको पहलमा अनलाईन मार्फत कक्षा १—३ को एकिकृत नयाँ पाठ्यक्रम र स्थानीय पाठ्यक्रको अभिमुखीकरण गर्ने कार्यको थालनी गर्ने  बैठकले निर्णय गरेको इकाइ प्रमुख रमाकान्त शर्माले जानकारी दिए ।

 प्रअहरुको बैठकले गरेका निर्णयहरु
१. जिल्लाका सबै स्थानीय तहमा बालबालिकाको सिकाइलाई निरन्तरता दिन गरेका प्रयासहरु र विभिन्न विद्यालयहरुले गरेका राम्रा अभ्यासहरुको सम्वन्धमा अनुभव आदानप्रदान र समिक्षा गरियो ।

२. सवै विद्यालयका सबै कक्षाको नतिजा बालबालिकासम्म पुर्याउने कार्य सम्पन्न भएको हुनाले तल्लो कक्षा पठनपाठन पुरागरेका विद्यार्थीहरुलाई माथिल्लो कक्षामा अभिलेखीकरण गर्ने र ती सबै बालबालिकाको हातहातमा नयाँ पाठ्यपुस्तक पुर्याउने निर्णय गरियो ।

३. विभिन्न समुदायमा रहेका बालबालिकाको अवस्था, पहुँच र आवश्यकता अनुसार सबै स्थानीय तह र विद्यालयहरुले बालबालिकाको सिकाइलाई निरन्तरता दिन गर्न सकिने सम्भावित कार्यहरुको खोजी गर्ने । बालबालिकको टोल टोलमा सिकाइ समुह निर्माण गरी स्थानीय शिक्षकले सिकाइलाई निरन्तरता दिने, एफ एम रेडियो, टिभिको माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिने तथा डिजिटल रुपमा पहुँचमा रहेका बालबालिकालाई अनलाइन लगायतका डिजिटल माध्यमहरुको प्रयोगबाट सिकाईलाई निरन्तरता दिने निर्णय गरियो ।

४. स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षकका पेशागत सस्था, र विद्यालय समेतको पहलमा कोभिड–१९ को माहामारीले ल्याएको लकडाउनको अवस्थामा शिक्षकहरुलाई डिजिटल साक्षर तथा शिक्षण सिकाइमा सूचना तथा संचार प्रविधिको प्रयोग गर्न सक्ने गरी क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने । सबै शिक्षकहरुले आफुलाई शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्ने गरी क्षमता बिकास गर्न प्रयत्न गर्ने ।
५. शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहको पहलमा अनलाईन मार्फत कक्षा १—३ को एकिकृत नयाँ पाठ्यक्रम र स्थानीय पाठ्यक्रको अभिमुखीकरण गर्ने कार्यको थालनी गर्ने  ।   

प्रतिकृया दिनुहोस्