रोल्पा  । विभिन्न आठबुँदे माग राखेर एक साताअघि तालाबन्दी गरिएको सदरमुकामस्थित नमुना विद्यालयको ताला अझै खोलिएको छैन । नमुना विद्यालय बाल कल्याण माविको प्रशासन र विद्यार्थी संगठनबीच भएको वार्ता सफल नभएपछि ताला नखुलाइएको हो ।

विद्यालयका अनुसार विभिन्न माग राखेर गत आइतबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनस्टि पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) आबद्ध विद्यार्थीले विद्यालयको प्रशासन र लेखाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

सम्बन्धित पक्षसँग बसेर छलफल प्रयास गरे पनि सहमति हुन नसक्दा तालाबन्दी खोल्नेबारे निष्कर्ष ननिस्केको विद्यालयका प्राधानाध्यपक मधुसूदन पोखरेलले बताए । ‘विद्यार्थीसँग वार्ता भए पनि सहमति हुन सकेन । त्यसैले पुनः वार्ता गरेर सहमति निकालेर ताल्चा खुलाउने योजनामा छौं,’ प्रअ पोखरेलले भने । उनले विद्यालयमा परेको समस्याबारे स्थानीय प्रशासन र रोल्पा नगरपालिकासँग समन्वय भइरहेको बताए । तर, स्रोतका अनुसार विद्यालय प्रशासनले स्थानीय प्रशासन र प्रहरीलाई यसबारे जानकारी गराएको छैन ।

मागपत्र बुझाउँदा पनि सुनुवाइ नभएकाले तालाबन्दी गर्नुपरेको संगठनले जनाएको छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्