सिमकोट गाउँपालिकाका विद्यालय सुचारु गर्न सिफारिस

Avatar photo

Byएजुकेशन पाटी

१५ कार्तिक २०७७, शनिबार

कोरोना कहरले बन्द रहेका सिमकोट गाउँपालिका सबै विद्यालयमा पठन–पाठन सुचारु गर्न शिक्षा क्षेत्रका सरोकारवाला निकायहरु सुझाब दिएका छन् । सबैतिर पठन–पाठन हुनु र वार्षिक परीक्षा नजिकिएको भन्दै विद्यालय सुचारु गर्न गाउँपालिकाको शिक्षा समितिलाई सरोकारवालाहरुले सुझाब दिएका हुन् ।

शिक्षा समितिलाई विद्यालय सञ्चालन गर्ने सुझाब आएपछि सो सम्वन्धमा आईतवार सिमकोट गाउँपालिका शिक्षा समितिको बैठक बस्ने भएको छ । शुक्रवार गाउँपालिकाको आयोजनामा शिक्षा क्षेत्रसंग सरोकार राख्ने निकायबिच बसेको बैठकले पठन–पाठन सुचारु गर्ने सुझाव समितिलाई दिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष वली रावतले गाउँपालिका भित्रका शिक्षा क्षेत्रका सरोकारवाला पक्षको बैठकले पढाई सुरु गर्ने सिफारिस शिक्षा समितिलाई आएकोले आइतवार बिहान वस्ने बैठकवाट पठन–पाठन हुने मिति तय गर्ने र पठन पाठन सुरु हुने बताएका छन् ।

वैठकले कात्तिक १९ गतेवाट पठन पाठन सुरु गर्ने निर्णय समेत गर्ने जानकारी प्राप्त भएको छ । त्यसमा गाउँपालिकाका कर्मचारी र केही शिक्षकहरुको समेत असमति रहँदै आएको बुझिएको छ ।

समितिबाट निर्णय गराए पठन–पाठन सुचारु रगर्ने मनस्थितीमा जनप्रतिनिधिहरु रहेको जानकारी प्राप्त भएको छ । यता ताँजाकोट गाउँपालिकामा भोलीव १६ गतेवाट पठन–पाठन हुँदैछ । नाम्खा गाउँपालिकामा गत बुधवारबाट पठन–पाठन सुरु भई सकेको छ । कोरोना कहरकै विच यसअघि साउन महिनामा हुम्ला विद्यालयमा पठन–पाठन भएपनि पूनः बन्द गरिएका थिए ।

प्रतिकृया दिनुहोस्