काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा हुने भएको छ । वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । यस वर्षको एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डको अनुमान छ ।

बोर्डले वैशाख ९ देखि २० गतेसम्मका लागि परीक्षाको तालिका ल्याएको छ । ११ दिन सञ्चालन हुने एसईईमा पहिलो दिन अग्रेजी र अन्तिममा प्राविधिक विषयको परीक्षा हुने छ ।

यस्तो छ परीक्षाको तालिका

प्रतिकृया दिनुहोस्