दुर्गा अर्याल-सदस्य–सचिव, राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने र विद्यालयकै मूल्याङ्कनका आधारमा अंक पठाउनुपर्ने सरकारको निर्णय भएपछि त्यसलाई स्पष्ट रुपमा कार्यान्वयन गर्नका लागि एक कार्यविधि बनाउन शुक्रबार राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालको संयोजकत्वमा कार्यदल बनाइएको छ ।

कार्यदललाई तीन दिन (यही असार ७ गते) भित्र कार्यविधि तयार पार्ने कार्य जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । कार्यविधि बनेपछि विद्यालयहरुले अंक पठाउनेछन् र सोही अनुसार राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र प्रदान गर्नेछ ।

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने र विद्यालयबाटै मूल्याङ्कन गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने मन्त्रिपरिषद्द्वारा गत २८ जेठमा निर्णय गरिएको थियो ।

२०७६ चैत ६ गतेबाट गर्न लागिएको एसइइ परीक्षा कोरोना महामारीको कारण देखाउँदै सरकारले अघिल्लो दिन ५ गते स्थगन गरेको थियो ।

प्रतिकृया दिनुहोस्