काठमाडौँ ।  यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू भएको छ । आज बिहान ८ बजेदेखि शुरु एसईई परीक्षाका लागि दुई हजार ८० परीक्षा केन्द्रबाट परीक्षार्थीले जाँच दिँदैछन् । एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका थिए ।

यसपालिको परीक्षामा छात्रभन्दा छात्राको संख्या बढी छ । २ लाख ५७ हजार ७ सय ३० जना छात्रा सहभागी हुँदैछन् भने छात्रको संख्या २ लाख ५६ हजार ३ सय ११ रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार यो वर्ष जम्मा ५ लाख १४ हजार ७१ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । जसमा नियमिततर्फ ४ लाख २१ हजार ५ सय जना ८५ र ७५ हजार ५ सय ३९ जना आंशिक विषयका परीक्षार्थी रहेका छन् ।

यस्तै, १६ हजार ९ सय ४७ जना प्राविधिक धारका विद्यार्थी परीक्षामा सहभागी छन् । यसपालिको परीक्षामा छात्रभन्दा छात्राको संख्या बढी छ । २ लाख ५७ हजार ७ सय ३० जना छात्रा सहभागी हुँदैछन् भने छात्रको संख्या २ लाख ५६ हजार ३ सय ११ रहेको छ । यसैगरी, अन्य लिङ्गका परीक्षार्थीहरुमा ३० जना रहेका छन् ।

आज विद्यार्थीहरूले अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा दिइरहेका छन् । अनिवार्य तथा ऐच्छिक गरी जम्मा ९७ वटा विषयमा परीक्षा हुँदैछ ।यसपालिको परीक्षामा ११ हजार २ सय १६ वटा विद्यालय परीक्षामा सम्मिलित छन् ।

प्रतिकृया दिनुहोस्