इसिसिको अध्यक्षमा आचार्य

Avatar photo

Byएजुकेशन पाटी

२६ पुष २०७७, आईतवार

ललितपुर । लामो समयदेखि लतिपुरको शैक्षिक उन्ययनमा क्रियाशिल संस्था शैक्षिक समन्वय केन्द्र इसिसिको अध्यक्षमा सरोजभक्त आचार्य निर्वाचित भएका छन् । संस्थाको १९ औं वार्षिक साधारण सभा तथा अधिवेशनले आदर्शशौल युवक मावि बुङमतिका प्रधानाध्यापकसमेत रहेका आचार्यलाई अध्यक्षमा सर्वसम्मति निर्वाचित गरेको हो ।

अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतिरुपमा निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा भिमप्रसाद गेलाल, सचिवमा कुलचन्द्र आचार्य, कोषाध्यक्षमा अम्विका लिम्बु र सह–सचिवमा विमला लामिछाने निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा हरिशचन्द्र गौली, दिलिप चौधरी, दया सागर घिमिरे, प्रभालक्ष्मी अमात्य, लेखनाथ घिमिरे र गोदावरी आरक्षण निर्वाचित भएका छन् ।

यस्तै अध्यक्ष मण्डलमा होमबहादुर कुँवर, विजय बानिया र सूर्यप्रसाद घिमिरे नियुक्त भएका छन् । कार्यसमितिको कार्यकाल ३ वर्षको रहने छ ।

१६ औं वार्षिक सउाधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित देवेन्द्र महर्जनले ३ वर्षे कार्यकाल पुरा गरी नवनिर्वाचित अध्यक्ष आचार्यलाई कार्यभार हस्तान्तरण गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं संस्थापक अध्यक्ष होमबहादुर कुँवरले नवनिर्वाचित कार्यसमितिले जिल्लाको सार्वजनिक विद्यालय र शिक्षाको उन्ययनमा अझै धेरै काम गर्ने अपेक्षा व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष सरोजभक्त आचार्यले जिल्लाको सामुदायिक विद्यालयहरुको परीक्षा प्रणाली र शैक्षिक स्तर सुधारमा नयाँ कार्यसमिति क्रियाशिल हुने स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्