कास्की । भाषा सभ्यताको संवाहक हो भन्ने मूल नाराका साथ स्थापित नेपाली भाषा शिक्षक परिषद्, कास्की नेपालले कक्षा ११ को नयाँ पाठ्यक्रममा आधारित नेपाली पुस्तकका लेखक तथा पाठ्यक्रम विकास केन्द्रकका प्रतिनिधिसँग आयोजित अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले परिषद्ले नेपाली भाषाको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै कक्षा ११ को नेपाली पाठ्यपुस्तकसम्बन्धी अन्तर्क्रिया सम्पन्नमा उठेका विषयहरूलाई सम्बोधन गरेका थिए । कार्यक्रममा देशभरिबाट २६५ जनाभन्दा बढी शिक्षक तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कक्षा ११ को पाठ्यपुस्तकसम्बन्धी सहजकर्ताको भूमिका लेखकद्वय बेगेन्द्र सुब्बा र देवीप्रसाद घिमिरेले निर्वाह गर्नुभएको थियो । नेपाली विषयसँग सम्बन्धित धेरै जिज्ञासाहरू अन्तरक्रियाको क्रममा उठेका थिए । संस्थाका सल्लाहकार सहप्रा.डा.पुण्यप्रसाद शर्मा, सल्लाहकार उपप्रा.बोधराज ढकाल, सल्लाहकार डोलराज अर्याल र पूर्व सचिव भानुभक्त पोख्रेलले समस्याहरूको उठान गरेका थिए । उठेका विषयका बारेमा सहजकर्ताहरूले आवश्यक सहजीकरण गरेका थिए ।

नेपाली भाषा शिक्षक परिषद्, कास्कीका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा उपाध्यक्ष विक्रम पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सूर्यप्रसाद लम्साल र सदस्य शशी शिशिर ढुङ्गानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्