हुम्लाका दक्षिणी क्षेत्रका दुई वटा विद्यालयका शिक्षकहरुले दशैँमा तलब नपाएको खुलेको छ । निकासा गरेर ठिक्क पारेको भएपनि गाउँपालिकाका अध्यक्षको मौखिक आदेश तलव नहाल्नु भन्ने भएपछि शिक्षकले तलव खान नपाएका हुन् ।

पारिश्रमिक खान नपाउने विद्यालयका शिक्षक तथा कर्मचारीहरुमा अदानचुली गाउँपालिकाका सुर्योदय मावि श्रीनगर र थुममालिका प्रावि मकैका शिक्षक रहेका छन् ।

थुममालिका प्राविका प्रधानाध्यापक भैरव भण्डारीले दशै अगाडी विद्यालयका खातामा गाउँपालिकाबाट शिक्षकको पारिश्रमिक निकासा नआएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेल र लेखापाललाई सोध्दा चेक काटी सकेको रकम गाउँपालिका अध्यक्ष दल बहादुर फडेराले नहाल्न भनेपछि रोकिएको जानकारी आफुले पाएको उनले बताए ।

के कति कारणले दुई वटा विद्यालयको मात्र निकासा रोकियो आफुलाई कुनै जानकारी नभएको उनले बताए । सो सम्वन्धमा गाउँपालिका अध्यक्ष फडेराले चेक काटेको र खेलपाल जिल्ला बाहिर भएकोले नगएको हुन सक्ने तर यस वारेमा आफुलाई पनि जानकारी नभएको बताए । यस्तो त होइन होला भनेर अध्यक्ष फडेरा पन्छिन खोजेका थिए । तर शिक्षकहरुले हालसम्म पनि तलव खान नपाएको गुनासो गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्