काठमाडौं । कोरोना भाइरसका कारण जारी निषेधाज्ञा र लकडाउनले पढाइ प्रभावित भएपनि सरकारले चालु शैक्षिक सत्र आगामी चैत महिनामै समाप्त हुने जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने जनाएको हो ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले शैक्षिक सत्र सुरु र अन्त्य हुने मिति यथावत रहेको स्पष्ट पारेका हुन् ।

पढाइ हुन नसके पनि शैक्षिक सत्र गत वैशाख १ गतेबाटै सुरु भएको दावी गर्दै दाहालले चैतमा शैक्षिक सत्र टुंगिने दावी गरेका हुन् ।
मंसिर अन्तिम साता पहिलो र चैतको अन्तिममा अन्तिम परीक्षा गर्ने सरकारको तयारी छ ।

प्रतिकृया दिनुहोस्