रुम टु रिड २१ औँ वर्षमा

Avatar photo

Byएजुकेशन पाटी

२० पुष २०७७, सोमबार


काठमाडौं । बाल शिक्षा तथा पठन संस्कृति विकासमा कार्यरत संस्था रुम टु रिड २१ औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले भर्चुअल कार्यक्रम गरि आफ्नो २० औँ वार्षिक उत्सव मनाएको हो ।

रुम टु रिड नेपालका राष्ट्रिय निर्देशक पुष्करलाल श्रेष्ठका अनुसार यो संस्थाले नेपालमा ४ हजार ५ सयभन्दा बढी विद्यालयमा पुस्तकालय स्थापना गर्नुका साथै एक हजार ३ सय विद्यालय भवन निर्माण गरेको छ । ३ सय ७१ भन्दा बढी बालसाहित्यका पुस्तक प्रकाशन, एक करोड पुस्तक वितरणका साथै १५ जिल्लाका करिब ६ सय विद्यालयमा संस्थाले काम गरिरहेको उनले जानकारी दिए ।

रुम टु रिडको स्थापना सन् २००० मा नेपालबाट भएको हो भने हाल यसले विश्वका १७ देशमा काम गरिरहेको छ । ‘शिक्षित बालबालिकाबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ’ भन्ने मान्यताका साथ तत्कालीन माइक्रोसफ्ट कम्पनीका कर्मचारी अमेरिकी नागरिक जोन ऊडले यसको स्थापना गरेका थिए ।

न्यून आय भएका समुदायका बालबालिकामा साक्षरता सीप र पढ्ने बानीको विकास तथा बालिकाहरूका लागि जीवन उपयोगी सीप विकासमा रुम टु रिडले काम गरिरहेको जनाएको छ । विभिन्न १६ देशका १ करोड ८० लाख बालबालिका र ३७ हजार समुदायहरु यसबाट लाभान्वित भएको संस्थाले जनाएको छ । संस्थाले सन् २०२५ सम्ममा ४ करोड बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ । संस्थाले भर्चुअलरुपमा २० औं वार्षिकोत्सव मनाएको थियो ।

प्रतिकृया दिनुहोस्