गुुराँस हाम्रो राष्ट्रिय फूल नेपालकै गौरव
पानीको पनि भण्डार छनि लाग्छ नि गौरव ।
हरियो वन राम्रो छ पन नेपाल देशमा
संकृति अनि चाड र पर्व नेपाली भेषमा ।
हिमाल भरि हिउँको झरि नेपालकै गहना
नेपाल भेट्न पाउनु यहाँ भो सबैको चाहना ।
कोइली बोली डाँफेको रुप देशको गहना
मयुर नाच देख्नको लागि सबैको चाहना ।
गौरव लाग्छ नेपाली हुँदा योद्धाको देश हो
वीर हो भद्र, अमर सिंह नेपालकै योद्धाहो ।
कविता लेखे भानुले राम्रो सुरिलो भाकामा
नेपाली भेष दौरा र सुर्वाल पाल्पाली ढाकामा ।
हिमाल हिउँ पहाड तोरी हरियो वनमा
इन्दे्रणी रङ्ग देखिन्छ सात हसिलो पनमा ।
नेपाल देश सुन्दर भेष सितल छायाँमा
पाइन्छ देख्न नेपाल देश विभिन्न रुपमा ।
सुन्दर देश नेपाल होनि संकृति भेषमा
विभिन्न ठाउँ असल मान्छे नेपाल देशमा ।
असल हामी हुनुछ यहाँ नेपाली माटोमा
सहयोग गर्ने मिलेर बस्ने अनेक पाटोमा।
किसान गर्छन् परिश्रम यहाँ शिक्षक ज्ञानमा
कविले लेख्छन् कविता यहाँ नेपाली भाषामा ।
विद्यार्थी पढी, गायक गाइ, खोजेर दर्शक
जुटेर लागे हुनेछ सबै नेपाल फरक ।
कक्षा-६
पशुपति मित्र मा.वि. चावहिल
काठमाडौं नेपाल