सिमकोट । हुम्लाको एउटा वडा कार्यालयले दलित तथा विपन्न छात्राछात्रलाई स्टेशनरी वितरण गरेको छ । कोरोना संक्रमण कै बेला योजना तर्जुमा भएको कारण वडा पढाइ नभएको भएपनि स्टेस्नरी वितरण गरेको हो ।

सिमकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष कृष्ण बहादुर बोहराले विद्यार्थीलाई पठन–पाठनमा सहयोग पुगोस् भन्न कै लागि गत जेठमा तर्जुमा भएको कार्यक्रममा स्टशनरी सहयोग कार्यक्रम राखिए अनुसार उक्त स्टेस्नरी वितरण गरिएको बताए ।

उक्त वडामा एक वटा मावि, एक आधारभूत र हिमाली बहिरा विद्यालय रहेका छन् । कार्यक्रम भएपछि हाललाई काम नलागे पनि विद्यालय सञ्चालनमा आए स्टेशनरी प्रयोगमा आउने र केही त अहिले विद्यालय बन्द रहेकै बेला प्रयोग हुने देखिए पछि सामग्री वितरण गरिएको वडाले जनाएको छ ।

तीन वटै विद्यालयमा अध्ययनरत दलित र अन्य बितपन्न विद्यार्थीलाई ती स्टेशनरी उपलब्ध गराईएको छ । हाललाई ती सामग्री विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको छ । वित्पन्न विद्यार्थी छान्ने जिम्मा विद्यालयलाई वडाले दिएको छ । विद्यालय सञ्चालनमा आएपछि ती स्टेशनरी वितरण गरिने छ । सबै विद्यालयका ९६ जना विद्यार्थीले ती स्टेशनरी पाउने छन् ।

वडा कार्यालयले उपलब्ध गराइएका स्टेशनरीमा झोला, कपी, ज्यामिती वक्स लगाए राखिएको छ । सामाग्री प्रअलाई हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले अहिलेको परिस्थितीले विद्यालय बन्द भएपनि स्टेशनरी विद्यालयले सुरक्षित राखेर यसको सदुपयोग गर्नुपर्ने बताए । यी विद्यालयहरु गत साउन महिनामा केही दिन सञ्चालन भएर पून बन्द भएका थिए ।

प्रतिकृया दिनुहोस्