काठमाडौँ । प्रधानाध्यापक संघ नेपाल र हेल्पिङ ह्यान्ड्स नेपालको सहकार्यमा “शिक्षामा जलवायु परिवर्तन र विपद् जोखिम न्यूनिकरण” सम्बन्धी दुई–दिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा चन्द्र मैनाली र धनबहादुर श्रेष्ठ, प्रधानाध्यापक स.घका अध्यक्ष सुदाम गौतम, हेल्पिङ ह्यान्ड्स नेपालका कार्यक्रम प्रबन्धक जिवा पोखरेललगायतले सहजीकरण गरेका थिए । कार्यशालामा विद्यालयमा जलवायु परिवर्तन शिक्षा र विपद् पूर्वतयारीलाई समावेश गर्ने तथा समुदायहरूलाई दिगो र सशक्त बनाउने विषयमा छलफल र अभ्यास भएको थियो ।
कार्यशालामा काभ्रे, ललितपुर, भक्तपुर र काठमाडौंका गरी ३५ जना प्रधानाध्यापक, काठमाडौँ महानगरपालिका वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ, वडा नं. १७ की वडा सदस्य कविता दास, काठमाडौं महानगर शिक्षा विभागका प्रतिनिधिहरू, सरकारी अधिकारीहरूका साथै अभिभावकहरूको सहभागिता रहेको थियो ।
साथै कार्यशालाको अन्तिम दिन विद्यालयहरूलाई विपद् पूर्वतयारीसम्बन्धी फस्र्ट एड किट वितरण समेत गरिएको थियो ।