काठमाडौं । सरकारले भर्चुअल माध्यमबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने भएको छ । भर्चुअल, अनलाइन, रेडियो, टेलिभिजनमार्फत् सिकाइ गर्नेगरी विद्यालयहरु सञ्चालन गर्ने सरकारले जनाएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवारको संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को वजेट प्रस्तुत गर्दै कोरोना माहामारीका कारण लकडाउन हुँदा बन्द रहेका शिक्षणसंस्था दूर शिक्षालगायतको विकल्पका आधारमा सुचारु गर्ने बताएका हुन् ।

उनले आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने, मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने तथा आगामी वर्ष साक्षर नेपाल घोषणा गर्ने सरकारको योजना रहेको जानकारी दिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विस्तार गरिने तथा यसका लागि ६ अर्ब बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

२०७७ जेष्ठ १५ गते १७:३१मा प्रकाशित

प्रतिकृया दिनुहोस्