काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले  वैशाख २६ गतेदेखि हुन लागेको परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।  परीक्षामा एक हजार ४५३ परीक्षा केन्द्र रहने  बोर्डले जनाएको छ ।

विद्यार्थीहरुको उत्तरपुस्तिका दुर्गम जिल्लाका परीक्षा केन्द्रहरुमा पुगिसकेको बोर्डले जनाएको छ । प्रश्नपत्र भने  बोर्डले अनलाइन माध्यमबाट  पठाउने  गरेको छ। कोभिडको कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो ।

चार लाख ६७ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ ।

हेर्नुहोस् परीक्षा केन्द्र

प्रतिकृया दिनुहोस्