काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले वैशाख २६ गतेदेखि हुन लागेको परीक्षाको केन्द्र सार्वजनिक गरेको हो । परीक्षामा एक हजार ४५३ परीक्षा केन्द्र रहने बोर्डले जनाएको छ ।
विद्यार्थीहरुको उत्तरपुस्तिका दुर्गम जिल्लाका परीक्षा केन्द्रहरुमा पुगिसकेको बोर्डले जनाएको छ । प्रश्नपत्र भने बोर्डले अनलाइन माध्यमबाट पठाउने गरेको छ। कोभिडको कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो ।
चार लाख ६७ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ ।
हेर्नुहोस् परीक्षा केन्द्र
प्रतिकृया दिनुहोस्