काठमाडौं । उदयीमान बालसाहित्यकार विज्ञता काकीको  निबन्ध संग्रह ‘आँचलको आँगन’ सार्वजनिक भएको छ ।

सँस्कृति तथा नागरीक उड्यनमन्त्री योगेश भट्टराईले शनिवार रत्नराज्य क्यापसमा आयोपजत भव्य समारोहकाबिच विज्ञताको आँचलको आँगन निबन्ध संग्रहको घुम्टो खोलिदिएका हुन् ।

कलिले उमेरदेखि नै साहित्यमा कलम चलाउन शुरु गरेकी विज्ञताको यसअघि पनि विभिन्न कृतिहरु सार्वजनिक भएका थिए ।


साहित्यिक परिवार नेपालकी संस्थापक अध्यक्षसमेत रहेकी कार्कीको यसअघि चित्रभित्र लुकेका शब्द (२०६९), यात्री सिंह (यात्रा उपन्यास २०७०), विज्ञताज् स्टोरिज् (२०७४), अदृश्य दृश्यहरु (निबन्ध संग्रह २०७५) कृति एवं दुई दर्जन बढी पुस्तकमा आवरण चित्र प्रकाशित छन् । विज्ञता थुप्रै  पटक विभिन्न पुरस्कारहरुबाट पुरस्कृत भइसकेकी छन् ।

निबन्ध संग्रहको घुम्टी खोली कार्यक्रममा बोल्दै सँस्कृतिमन्त्री योगेश भट्टराईले कम उमेरमै विज्ञताले उत्कृष्ट कृतिहरु सार्वजनिक गरेर आफ्नो प्रतिभा प्रदर्शन गरेकी बताए ।

हुने विरुवाको चिल्लो पात भने झैं विज्ञतालाई कम उमेर देखि नै क्षमतावान व्यक्तित्वको परिचय दिन सफल भएकोमा बधाइ दिँदै आगामी दिनमा अझै उत्कृष्ट कृतिहरु रचना गर्न शुभकामना दिए ।

 आँचलको आँगन निबन्ध संग्रहमा समाजले देखेर पनि नदेखे जस्तो गरेका निम्न वर्गका समस्या र आँशु कथा समेटिएको विज्ञताले बताइन् ।

अंग्रेजी र नेपाली दुवैभाषामा रहेको निबन्ध संग्रहमा विज्ञताका जटिल जन्म, प्रश्नको पर्खाल, अचम्मको अपवित्रता, अशिक्षित आशा, असुरक्षाको अवतरण, अन्जान आफ्नोपन, बन्देजको  बन्धन, अन्धकारको आतंक, महिलाको महिलावाद, उपेक्षाको उत्पीडन, जिम्मेवारीको जमर्को, आँसुको आक्रोश, निरन्तर निरन्तरता, अजस्र अजम्मरी, आदर्श अनुरोध, सौन्दर्यको स्वाद, चिन्ताको चिता, मृत मृत्यु गरी १८ निबन्धहरु संग्रहित छ ।

कार्यक्रममा तरेली सम्मान, मर्सि सिर्जना र आमाश्री पुरस्कार समेत वितरण गरिएको थियो । आमाश्री पुरस्कार सुलोचना मानन्धर, मसी सृजना पुरस्कार बालचन्द्र प्रवाह र तरेली सम्मान बुद्धि कार्कीलाई प्रदान गरिएको थियो ।

२०७६ भदौ १ गते २३:११मा प्रकाशित

प्रतिकृया दिनुहोस्