काठमाडौं । सरकारले थप एकसय विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको छ ।

विगतमा नमुना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गत १०० ओटा विद्यालयहरु नमुना विकासका लागि छनोट गरिएको हो ।

सरकारले नमूना विद्यालय छनोट गर्न २०७६ असोज १६ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी आवेदन आव्हान गरेको थियो । आवेदन गरेका विद्यालयहरु मध्येबाट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ (पहिलो सम्शोधन २०७५ सहित) अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको यही असार ३१ को मन्त्री स्तररीय निर्णय अनुसार विद्यालय छनोट गरिएको हो ।

विद्यालय क्षेत्र विकास योजना अनुसार सवै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रतिकृया दिनुहोस्