Lokendra Ghatal

शिक्षा मन्त्रालय र स्थानीय तहहरूले साउन ८ गतेदेखि १५ गतेसम्म विद्यालय पुगिसक्नुपर्ने निर्णय गरेका छन् । त्यसको लागि टाढाका शिक्षकहरूलाई पासको व्यवस्था गर्ने भनिएको छ । तर लामो दूरीका सार्वजनिक यातायात नचलीकन पासले मात्रै टाढा टाढाका शिक्षकहरू कार्यक्षेत्र पुग्न सकिदैन ।

आफ्नो घरभन्दा टाढा टाढा शिक्षण गर्ने लाखौं शिक्षकहरूमध्ये २५–३० प्रतिशत छन्, त्यो भनेको २५–३० हजार हो । धेरै टाढाटाढा रहेका शिक्षकहरू लामो दूरीका यातायात नचलीकन कसरी विद्यालय पुग्न सक्छन् ? दार्चुला घर भई ताप्लेजुङ शिक्षण गर्ने शिक्षक हिडेरै कार्यक्षेत्र पुग्न सम्भव हुँदैन ।

टाढाटाढाका शिक्षकहरू विद्यालय गएनन् भन्नुभन्दा लामो दूरीका सार्वजनिक यातायात किन खुलेनन् ? छिटो सञ्चालन गर्न सबैले आवाज उठाई सबै शिक्षक, विद्यार्थीहरूलाई विद्यालयसम्म पुग्ने वातावरण निर्माण गर्न सरोकारवाला सबैको ध्यान जाओस् ।

घटालको फेसबुकपोष्टबाट

प्रतिकृया दिनुहोस्