काठमाडौं। सरकारले नेपाल शिक्षक महासंघका पूर्वअध्यक्ष केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ ।

देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले नेपाल शिक्षक संघका पूर्व अध्यक्षसमेत रहेका निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको हो । आयोगको उपाध्यक्षमा महेन्द्र खड्का छन् । अरु सदस्यहरु भने नियुक्त भएका छैनन् । आयोगका नवनियुक्त अध्यक्ष निरौलाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सपथ लिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरुलाई हटाउन प्रयत्न गर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्