भक्तपुर। ख्वप कलेज देकोचा भक्तपुरमा स्नातक तहमा राजनीतिशास्त्र र संस्कृति विषय लिई अध्ययन गरेका ४७ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन्। राजनीतिशास्त्र र संस्कृति दुवै विषय लिई अध्ययन गरेका विद्यार्थीले १२ महिनाको र यी दुईमध्ये कुनै एक मात्रै विषय लिई अध्ययन गरेका विद्यार्थीले ६ महिनाको मात्रै छात्रवृत्ति पाएका हुन् ।

कलेजले राखेको तथ्यांक अनुसार उक्त विद्यालयमा राजनीतिशास्त्र र संस्कृति दुवै विषय लिई अध्ययन गरेका विद्यार्थीको कुल संख्या १० जना छन्। त्यस अनुसार ती १० जना विद्यार्थीले १२ महिनाको छात्रवृत्ति पाएका छन्।

ती विद्यार्थीले प्रति महिना प्रति विद्यार्थी एक हजार तीन सय ७५ रुपैयाँं गरेर १२ महिनाको १६ हजार पाँंच सय रुपैयाँं बराबरको छात्रवृत्ति पाएका छन्। यस हिसावले ती विद्यार्थीका लागि कुल एक लाख ६५ हजार रुपैयाँं भक्तपुर नगरपालिकाले कलेजलाई पठाएको कलेजले जनाएको छ।

यसैगरी त्यहाँं राजनीतिशास्त्र र संस्कृतिमध्ये कुनै एक मात्रै विषय लिई अध्ययन गरेका विद्यार्थीको संख्या ३७ जना रहेका छन्। ती विद्यार्थीले ६ महिनाको छात्रवृत्ति पाएका छन्। यी विद्यार्थीले पनि प्रति महिना एक हजार तीन सय ७५ रुपैयाँं गरेर ६ महिनामा आठ हजार दुई सय ५० रुपैयाँं बराबरको छात्रवृत्ति पाएका छन्। यस हिसावले नगरपालिकाले तीन लाख पाँंच हजार दुई सय ५० रुपैयाँं कलेजको खातामा पठाइसकेको जनाइएको छ। यसरी दुवै गरेर नगरपालिकाबाट कुल चार लाख ७० हजार र्दुइ सय ५० रुपैयाँं कलेजको खातामा पठाइदिएको कलेजले जनाएको छ।

कलेजका प्राचार्य रुपक जोशीले देशको लागि चाहिने तर पनि विद्यार्थी संख्या घट्दै गरेका विषयहरु अध्ययनअध्यापनमा प्रोत्साहन गर्ने नगरपालिकाको नीति अनुसार ती विद्यार्थीका लागि छात्रवृत्तिस्वरुप नगरपालिकाले कलेजमा रकम पठाइदिएको जानकारी गराए। यी विषय पढ्ने विद्यार्थीले स्वतः छात्रवृत्ति पाइने व्यवस्था रहेको जानकारी प्राचार्य जोशीले गराए।

भक्तपुर नगरपालिकाले शैक्षिक वर्ष २०७६/७७ मा स्नातक तह अन्तर्गत मानविकी संकायमा संस्कृति र राजनीतिशास्त्र दुवै विषय लिई प्रथम र दोश्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्कमा शतप्रतिशत र संस्कृति वा राजनीतिशास्त्रमध्ये एक मुख्य विषय लिई अध्ययनरत विद्यार्थीलाई ५० प्रतिशत मासिक शुल्क छात्रवृत्ति प्रदान गरिए अनुसार उक्त रकम नगरपालिकाले कलेजलाई पठाइदिएको प्राचार्य जोशीले जानकारी गराए।

नागरिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्