मावि शिक्षक लाइसेन्स खुल्यो

Avatar photo

Byएजुकेशन पाटी

३० चैत्र २०७८, बुधबार

काठमाडौं।  शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। आयोगको मंगलबार बसेको बैठकले आजदेखि वैशाख २९ गतेसम्म इच्छुकहरू फारम भर्नसमेत भनेको छ।

आयोगको अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने सूचनामा उल्लेख छ । साथै असार १८ परीक्षा सञ्चालन गर्ने भएको छ ।

तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्नेछन्।https://license.tsc.gov.np/ मार्फत् सबै विवरण भर्न सकिने व्यवस्था छ।https://tsc.gov.np/ बाट विज्ञापनको विस्तृत विवरण हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्