कविता: सहिदहरूको खबरदारी

Avatar photo

Byएजुकेशन पाटी

९ माघ २०७७, शुक्रबार
अर्जुन प्रकाश भुसाल

म बिसेनगर्ची,
बडामहाराजधिराजको सेवक,
एक-एक रूपैयॅाको योगदान गरी सुरू गरेको गोर्खा राज्य विस्तार
आज लुछाचॅुडीमा देखें।

बडामहाराज सरकारको औंला मात्र ठाडो …परन्तु शीर निहुरिएको छ । गौतम बुद्ध सधै आखॅा बन्द मात्रै गर्ने भए,
जनक,भृकुटी र अरनिकोहरू नतमस्तक बनिरहे ।
खबरदार!

लखन थापा, अमर सिंह, वलभद्र र भक्ति थापा मात्रै होइन ।
शुक्रराज, दशरथ, धर्म भक्त र गंगालालहरू शोकमग्न छन् ।
नेपाल राज्यमा भएका आन्दोलनका सहिदहरू सलवलाउन लागेका छन्।
सहिदहरूको सपना सपनामै चॅुडिन लागेको देख्दा,
सन्ततिहरू सधैं नै सडकमा आएको देख्दा।
सहिदहरू फेरि तर्सिन लागे उनीहरूका मन भड्किन लागे

फेरि केही थान सहिदहरू थपिने भो जनजीविकाका सबालहरू चेपिने भो खबरदार हातमा रहेकोलाई जोगाऊ रगतको टिका लगाएकोलाई जोगाऊ जिउदै कसैलाई श्रद्धान्जली नदेऊ
थप सहिदहरू नपठाऊ। खबरदार !

अर्घाखॅाची
हाल शान्तिनगर, काठमाडौं

प्रतिकृया दिनुहोस्