काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच साँझ ५ बजे छलफल हुने भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच सहमतिको आधार तयार गर्न आज प्रारम्भिक छलफल हुने भएको हो ।

सरकारले वार्तामा आउन पटकपटक आग्रह गरेपनि आन्दोलनरत शिक्षक महासंघले आफनो माग सुनिश्चित नभएसम्म वार्तामा सहभागी नहुने भन्दै अडान राखेको थियो ।‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौँ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई वार्ताको लागि छलफलमा बोलाएसँगै वार्ताको बाटो खुलेको हो । वार्ता नभई वार्ताका न्यूनतम विषयमा जानकारी गराउन जान लागेकाे नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशाेर सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस्