काठमाडौं । प्याब्सन र एनप्याब्सनको असार ३१ को निर्णय विरुद्ध संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) आन्दोलित भएको छ । विहिवार इस्टुले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै प्याब्सन र एनप्याब्सनले अनलाइन कक्षा बन्द गर्दै शिक्षक कर्मचारीहरुलाई बेतलवी विदा दिने निर्णय गरेको थियो ।

माघदेखि तलब सुविधा नपाएका निजी विद्यालयका शिक्षकहरु उल्टै बेतलवी विदा दिने र अवकाश दिने काम शुरु भएपछि आन्दोलित भएका हुन् ।

साउन १ गते बसेको इस्टुको सचिवालय बैठकले साउन ८ गतेसम्म पहिलोचरणको संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

इस्टुको विज्ञप्ति

मितिः २०७७–०४–०१

श्री अध्यक्षज्यू,
प्रदेश/जिल्ला/पालिका समिति ।
सस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)

मिति २०७७ साउन १ गते बसेको सचिवालयको बैठकले निर्णय गरेका सङ्घर्षका कार्यक्रमहरू कार्यान्वयन गर्नरगराउनु हुन सबै समितिहरूलाई सर्कुलर गरिन्छ ।

सङ्घर्षका कार्यक्रमहरू

२०७७ साउन १ गते
क. अभिभावक महासंघसँग बैठक–छलफल गर्ने
ख. शिक्षक महासंघसँग बैठक रछलफल गर्ने
ग. प्रेस विज्ञप्ति र ज्ञापन पत्र–विरोध पत्र सार्वजनिक गर्ने

२०७७ साउन २–४ गतेसम्म
क. प्याब्सन, एन प्याब्सनलाई ध्यानाकर्षण पत्र बुझाउने
ख. अभिभावक महासंघ र यसका घटक सस्थाहरूसँग सहकार्यको पत्र लेख्ने
ग. शिक्षामन्त्री र श्रममन्त्रीलाई ज्ञापनपत्ररविरोधपत्र बुझाउने
घ. राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाउने

२०७७ साउन ५ गते
प्याब्सन र एन प्याब्सनको केन्द्रीय कार्यालय र सबै जिल्ला समितिहरूमा साङ्केतिक विरोध पत्र टाँस गर्ने र तालाबन्दी गर्ने ।

साउन ६ गते
काठमाडौं र विराटनगरमा केन्द्रीकृत विरोध सभा गर्ने अन्य जिल्लाको हकमा जिल्लाले निर्धारित गरे अनुसार हुने ।

२०७० साउन ७ गते
उपत्यकाका हकमा मानव स्रोत विकास केन्द्रमा धर्ना दिने र प्रदेशको हकमा मुख्य मन्त्रीको कार्यालयमा धर्ना दिने ।

२०७७ साउन ८ गते
जिल्ला तथा पालिकाको संयुक्त आयोजना र केन्द्र र प्रदेशको समेत सहयोगमा शिक्षा विकास तथा समन्वय एकाई र पालिकामा ज्ञापनपत्र बुझाउने । धर्नाको हकमा जिल्लाले निर्णय गरेअनुसार हुने ।

हामीले उठाएका न्यायपूर्ण विषयलाई सम्बोधन नभए राष्ट्रिय समितिले थप सशक्त आन्दोलन घोषणा गर्ने छ ।

भोलानाथ चालिसे–महासचिव ९९८५१०९८९१४०
होमकुमार थापा–अध्यक्ष ९९८५१०९९८७९०

प्रतिकृया दिनुहोस्