काठमाडौँ । कपनस्थित बालउद्धार माध्यमिक विद्यालयका विद्यार्थीहरुले गुरुपूर्णिमाका अवसरमा आफूलाई शिक्षा दिने गुरुहरुलाई सम्मान गरेका छन् । आइतबार विद्यालयमा भव्य कार्यक्रम आयोजना गरेर विद्यार्थीहरुले गुरुहरुलाई सम्मान  गरेका हुन् ।

कार्यक्रममा २०८० सालको एसइई परीक्षामा विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउन सफल गुरुहरुलाई विशेष सम्मान एवं पुरस्कृत गरिएको थियो । विद्यालयले गएको एसईईमा ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो ।

शिक्षकहरुकै योगदानका कारण विद्यार्थीहरुलेउच्च अङ्कसहित एसईई उत्तीर्ण गर्न सफल भएका भन्दै विद्यार्थीहरुले गुरुहरुलाई सम्मान एवं पुरस्कृत गरेका हुन् ।

विद्यार्थीहरुले अङ्ग्रेजी विषयका शिक्षकहरु सौरभ गौतम र वासुदेव गुरागाई, विज्ञान शिक्षक विनोद पन्त तथा लेखा शिक्षकहरु शोभा गिरी र गुरुप्रसाद त्रिपाठीलाई सम्मान गरेका थिए । यसैगरी, कम्प्युटर हार्डवेयर शिक्षक रोशन श्रेष्ठ, कम्प्युटर ओओपी शिक्षक उदयराज कार्की र नेपाली विषयका शिक्षक मनोजकुमार खतिवडालगायत पनि सम्मानित भएका थिए ।

सम्मानित शिक्षकहरुलाई प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्रुवप्रसाद घिमिरे, विशिष्ट अतिथि एवं प्रधानाध्यापक विनोद पण्डित र विशेष अतिथि तथा सहायक प्रधानाध्यापक मुरारीकुमार ढकाललगायतले सम्मान गरेका थिए ।

यसैगरी सो कार्यक्रममा गत असार महिनामा कक्षा ९ को सेक्सन ‘ए’ तथा कक्षा १० को सेक्सन ‘ए’, ‘बी’ र ‘सी’ मा लिइएको नेपाली विषयको मासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय तथा लक्षित अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

कक्षा ९ सेक्सन ‘ए’ बाट प्रथम, द्वितीय र तृतीय क्रमशः आयुसा लामा, करिणा गौतम र रिया भुजेल पुरस्कृत भएका थिए । यसैगरी सोही सेक्सनबाट लक्षित नम्बर पूरा गरी पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुमा भावना कटवाल, शिक्षा दाहाल, सुस्मिता थापा मगर, आदित्य शर्मा र प्राञ्जल रेग्मी रहेका थिए ।

यसैगरी कक्षा १० ‘ए’ बाट प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरु क्रमशः जयन्ती कार्की, रविनाकुमारी ठाकुर र तृष्णा अधिकारीलाई पनि पुरस्कृत गरिएको थियो ।यसैगरीे सोही सेक्सनबाट लक्षित नम्बर पूरा गरी पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरु दीपा पौडेल, कृपा थारु र प्रयुषा पोखरेल साथै कक्षा १० ‘बी’ बाट सफलता श्रेष्ठ, नितिश यादव र विशाल चौलागाईले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरी पुरस्कृत भएका थिए ।

सोही सेक्सनबाट कृष्णा कडायत, अनुषा तामाङ, बबिना बखती, कविता बोहरा र विपिन मल्लले लक्षित नम्बर पूरा गरी पुरस्कृत भएका थिए ।
त्यस्तै कक्षा १० ‘सी’ बाट विद्यार्थीहरु रितेश गिरी, बिबिसा बस्नेत र नवीन साउदले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी पुरस्कृत हुँदा सोही सेक्सनबाट बबिना कार्की लक्षित नम्बर प्राप्त गरी पुरस्कृत हुन सफल भएका थिए ।

यस्तै सोही अवसरमा असार महिनामा कक्षा ९ को सेक्सन ‘बी’ मा लेखा विषयमा लिइएको मासिक परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान (२जना) प्राप्त गर्ने विद्यार्थीहरु क्रमशः रचना कठेत, जमुना तामाङ, श्याम थामी, आरती राई र डोल्मा लामालाई पनि पुरस्कृत गरिएको थियो ।

यसैगरी असार महिनामै कक्षा ५ एमा लिइएको बुढानीलकण्ठ विषयमा प्रथम, द्वितीय र तृतीय  हुने विद्यार्थीहरु क्रमशः अर्जुन पोखरेल, असल बुढा, भुनिशा बुढाथोकी तथा सोही कक्षाको सेक्सन बीमा सामाजिक विषयमा लिइएको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरु क्रमशः नवीन धमला, विनोद दाहाल र विराज कठायत पुरस्कृत भएका थिए ।

यस्तै कक्षा ६ को सेक्सन एमा सामाजिक विषयमा प्रजिन कोइराला प्रथम, सृष्टि विष्ट द्वितीय र पश्विता राई तृतीय साथै सोही कक्षाको सेक्सन बीमा जीवन मडै प्रथम, विमा बोहरा द्वितीय, सदिमा प्रविण तृतीय स्थान हासिल गर्दै पुरस्कृत भएका थिए ।

साथै कक्षा ७ ए मा सामाजिक र ८ बीमा बुढानीलकण्ठ विषयमा लिइएको असार महिनाको मासिक परीक्षामा ७ एबाट विपिन विष्ट प्रथम, शिशिर दनुवार द्वितीय, मनिता कार्की र प्रकाश रावल तृतीय भएका थिए । यस्तै ८ बीबाट ममता दर्जी प्रथम जानुका कार्की द्वितीय र भुवकुमार मगर तृतीय भएर पुरस्कृत भएका थिए ।

कक्षा १० ‘ए’ का छात्राहरु तृष्णा अधिकारी र प्रयुषा पोखरेलले सञ्चालन गरेको कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई विद्यार्थीहरुका विभिन्न गीत, नृत्य, कविता वाचनलगायतका सांस्कृतिक प्रस्तुतिले भव्य, सभ्य र मनोरञ्जनपूर्ण बनाएको थियो ।

प्रतिकृया दिनुहोस्