सिमकोट । कोरोना संक्रमण भेटिएपछि नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङ र विद्यालयको छात्राबास सिल गरिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि कात्तिक २८ गतेबाट ३० गतेसम्म विद्यालय र छात्रावास सिल गरिएको हो ।

कोरोना लक्षण भएको आशंकामा एनटिजिन वेस्ट किट स्वाव परिक्षण गरी सुर्खेत पठाउँदा पिसिआर परिक्षण रिपोर्टमा चार जनामा कोरोना पोजेटिभ देखिएपछि विद्यालय र छात्रावास सिल गरिएको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताए ।

उनले ट्रेसिङ गर्न र अन्य मानिसमा नफैलियोस भन्नका लागि विद्यालय र छात्रावास सिल गरिएको बताए । सिल गरिएको क्षेत्रमा आवश्यकता परे सुरक्षाकर्मी र स्वास्थ्यकर्मी मात्र प्रवेश गर्न पाउने र अन्यले भने जान पाउने छैनन् ।

संक्रमित भेटिएको प्रतिवेदश सार्वजनिक भएपछि शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नाम्खा गाउँपालिका कोभिड १९ को वारेमा समिक्षा गरिएको थियो । सो समिक्षा बैठकले सिल गर्ने निर्णय गरेको हो । संक्रमित चार जना मध्य तीन जना महिना र एक जना पुरुष रहेका छन् ।

नाम्खा गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । जिल्लामा पहिलो पटक असोज तीन गते एक जना युवतीमा कोरोना संक्रमण देखिएको थियो । गत कात्तिक १८ गते हुम्ला जिल्ला कोरोना मुक्त जिल्ला भएको थियो ।

प्रतिकृया दिनुहोस्