अत्याधुनिक भवन सर्दै हिमालपारीको सुनखानी प्रावि

Avatar photo

Byएजुकेशन पाटी

१६ भाद्र २०८१, आईतवार
हाल निर्माणधिन सुनखानी प्राविको भवन । तस्बिर सौजन्य: पाल्जोर तामाङ

हिमालपारीको गाउँ नाम्खा– ६, हल्जीस्थित सुनखानी प्रावि नयाँ भवनमा सर्ने भएको छ । नयाँ भवनको निर्माण कार्य सम्पन्न भएपछि यसअघिको पुरानो भवनबाट विद्यालय आवासीय सुविधासहित नयाँ भवनमासार्न लागिएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यसअघि विद्यालय जान उकालो र ओरालो हिँड्नु पर्ने, भवन पुराना र जीर्ण भएको कारण नयाँ स्थानमा भवन निर्माण गरेर विद्यालय नै सार्न थालिएको जानकारी दिए । वडाध्यक्ष तामाङका अनुसार भदौ २६ गते भव्य कार्यक्रमका बिच विद्यालयलाई नयाँ स्थानमा सार्न लागिएको हो ।

तीन करोड रुपैयाँको लगानीमा अमेरिकाको आत्मी संस्थाले निर्माण गरेको दुईओटा दुईतले नयाँ विद्यालय भवनमा सोह्र कोठा रहेका छन् । गएको वर्षदेखि निर्माण आरम्भ भएको नयाँ भवनको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेको छ । २६ गते उद्घाटन भएसँगै विद्यालय नयाँ भवनमा सञ्चालन हुने छ ।

‘अब जीर्ण भवनमा पढ्दै आएका विद्यार्थीहरु अत्याधुनिक कक्षाकोठामा पढ्न पाउने छन् त्यो पनि आवासीय सुविधासहित ।’ वडाध्यक्ष तामाङले भने ।

विद्यालयमा हाल बालविकास देखि कक्षा ८ सम्म ३० विद्यार्थी अध्ययनरत छन् । अब नयाँ भवन बनेसँगै ९ शिक्षक र ३० विद्यार्थीले आवासीय सुविधा पाउने छन् ।

भदौ २६ गते भव्य कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामासहितले नयाँ विद्यालय भवनको उद्घाटनका गर्ने तयारी छ । कार्यक्रममा उपाध्यक्ष तक्दीर लामा, सहयोग संस्थाका प्रमुखको समेत सहभागिता रहने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्