खोटाङ । खोटाङको रावाबेसी गाउँपालिकाले कोरोना महामारीको बहानामा लामो समय विद्यालयमा अनुपस्थित हुने २६ शिक्षकलाई कारबाही गरेको छ ।

गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाका अनुसार शिक्षा शाखा टोलीको छड्के अनुगमनमा अनियमित भेटिएका शिक्षकहरूको सूची नै बनाएर कारबाही गरिएको हो ।

सम्बन्धित विद्यालयमा २० दिनसम्म हाजिर नभएका तथा विनाजानकारी उपस्थित नभएका शिक्षकहरूको तलबसमेत कट्टी गरिएको गाउँपालिका अध्यक्ष निरौलाले सुनाए । कट्टा गरिएको ७ लाख ८० हजार रुपैयाँ कोरोना कोषमा जम्मा गरिएको उनको भनाइ छ ।

निरौलाका अनुसार दुबेकोलस्थित गंगोदय माविका १२ जना, कालिका आधारभूत विद्यालय भदौरेका–२ जना, हौचुरस्थित शारदा माविका चार जना, कुभिन्डेस्थित रत्नराज्य माविका दुई जना, रत्नराज्य आधारभूत विद्यालयका एक जना, लामीडाँडास्थित विश्वज्योति माविका दुई जना, गुप्तेश्वर आधारभूत विद्यालय तिर्पाका दुई जना र धारापानीस्थित डुम्रेधारापानी माविका एक शिक्षक कारबाहीमा परेका हुन् ।

डम्बरसिं राईले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्